Friday, January 11, 2013


माओवादीलाई तह लगाउन डलरवादीको गोप्य बैठक

subodh pyakurelकाठमाडौं, पुस २६– अग्रगामी सोच बोकेका नेपालका नेताहरुबाट राजनीतिको पहल कदमी कसरी छिन्ने भन्ने विषयमा विदेशी नागरिकले माथापच्चीसी गर्नु त अस्वाभाविक होइन । तर, आफूलाई प्रबुद्व व्याक्ति भन्न रुचाउने केही नेपाली नागरिकहरु नै त्यस विषयमा गम्भीर छलफलमा जुटे भन्ने सुन्दा जो कोहीलाई राष्ट्रप्रति चिन्ता जागेर आउँछ । अझ यस्ता विभिषणहरु को रहेछन् भन्ने जिज्ञासा त स्वाभाविकै रुपमा आउने भयो ।
तपाइँलाई पनि बढी कौतुहलतामा नराखौं, ती पात्र हुन् हिमाल साउथ एसियाको नाममा भारुको खेति गर्ने भनि आरोपित गर्ने कनकमणि दिक्षित, अमेरिकी जासुसी संस्थाको रुपमा दुर्नामी कमाएका इन्सेकका मालिक सुबोध प्याकुरेल र मानव अधिकारका नाममा विदेशी शक्तिको दलाली गरी डलर कमाउने चरण प्रसाई ।
kanak-mani-dixit(2)स्रोतका अनुसार अघिल्लो साता उनीहरुले स्यूचाटारस्थित इन्सेकको कार्यालयमा बसेर माओवादीलाई कसरी तह लगाउने भन्ने विषयमा छलफल गरेका थिए । स्रोत भन्छ, ‘माओवादीबाट जबसम्म नेपाली राजनीतिको पहलकदमी छिन्न सकिँदैन तबसम्म आफूहरु अनूकुल केहीपनि निर्णय गर्न नसकिने निश्कर्षमा उनीहरु पुगेका थिए ।’ विश्लेषकका अनुसार ती संस्थाले आफू अनुकूल भन्नुको अर्थ विस्तारवादी र साम्राज्यवादीको स्वार्थ अनुकुल भन्ने लाग्छ । उक्त छलफलमा कनकमणिले लुम्बिनीमा राष्ट्रसंघीय महासचिव आउने कार्यक्रम रोक्न आफूहरु सफल भएकाले माओवादीलाई किनारा लगाउन सकिने कुरामा आफू ढुक्क रहेको बताएका थिए । प्रसाईले भने ठूला संचारमाध्यमबाट माओवादी विरोधी समाचारहरु प्रकाशित–प्रशारित गराएर मुलुकभित्र बद्नाम गराउन सकेमात्र बाह्य हस्तक्षेप प्रभावकारी हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विचार राखेका थिए । प्याकुलेलले चाहीँ पछिल्ला दिनहरुमा माओवादीमाथि चौतर्फी रुपमा गरिएको आक्रमणले ठूलो मात्रामा सफलता पाएकाले माओवादी इतरका सम्पूर्ण शक्तिहरुलाई गोलबद्ध पार्ने र आवश्यक स्रोत र साधन जुटाउन आफूले पहल गर्ने बताएका थिए ।
उता, एड्भोकेसी फोरम इन्टरनेसनल नामक धन्दा चलाइरहेकी मन्दिरा शर्माले चाहीँ लामाको लण्डनमा भएको गिरफ्तारीले माओवादी नेताहरुलाई समेत अत्याएको भन्दै Mandira Sharma - Nepalउक्त बैठकमा खुसियाली प्रकट गरेकी थिइन् । उनको भनाई थियो, ‘तपाईहरुले साथ दिनुपर्यो माओवादी तह लगाउन म एक्लै काफी छु ।’ उक्त बैठकबारे जनआह्वानले कनकमणि दिक्षितसँग जिज्ञासा राख्दा आफू विगत ६ दिनदेखि उपत्यका बाहिर रहेको र बिहीबारमात्र काठमाडौं आएको जनाउँदै त्यसप्रकारको बैठक भएको हुनसक्ने संकेत गरे । उनले भने, ‘बैठक भएको हुन सक्छ, तर मलाई भने थाहा भएन ।
(शुक्रबार प्रकाशित हुने जनआह्वान साप्ताहिकको सनसनीपूर्ण रिपोर्ट)
साभार: ग्रेट्वेअनलाइन डट कम 

No comments:

Post a Comment