Friday, January 11, 2013

राष्ट्रलाई जोगाउनका लागि कांग्रेसले कुर्सीको मोह त्याग्नुपर्छ: नेकांकेस सुजाता कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकको अस्तित्वलाई जोगाइराख्नाका लागि कांग्रेसल नै त्याग गर्नुपर्ने कुरा बताउनुभएको छ। नेपाल शिक्षक संघ सुनसरीको सातौं जिल्ला अधिवेशनको उद्घाटनपछि आज सञ्चारकर्मीहरुसङ्ग कुरा गर्दै उहाँले प्रधानमन्त्रीको कुर्सीभन्दा मुलुक ठूलो भएकाले कुर्सीको मोह कांग्रेसले त्याग्नुपर्ने कुरा बताउनुभयो। 
मुलुकको स्वतन्त्रता फेरि एक पटक खतरामा परेको विचार व्यक्त गर्दै केन्द्रीय सदस्य कोइरालाले  नेपाली 'कांग्रेसले इगो राखेर वा जिद्दि गरेर हुँदैन, बरु यही सरकारमा गएर फाइदा लिन सक्नुपर्छ' भन्नुभयो। 
दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा मुलुकमा विदेशी हस्तक्षेप लज्जाजनक ढंगले बढेको कुरा बताउँदै उहाँले राष्ट्रलाई जोगाउनका लागि कांग्रेस पार्टीले कुर्सीको मोह त्याग्नुपर्छ भन्नुभयो। कोइरालाले यस अघि नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। 


तर कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने शुक्रवार बनेपामा आयोजित नेपाल शिक्षक संघको सातौ जिल्ला अधिवेशनको उद्घाटनपछि बोल्दै वार्ताका माध्यमबाट निचोड ननिस्केपछि सहमतीय सरकार गठन गर्नका लागि राजनीतिक दबाबका लागि आन्दोलन एक मात्रै विकल्प रहेको दाबी गर्नुभएको छ।
तर, कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने शुक्रवार बनेपामा आयोजित नेपाल शिक्षक संघको सातौ जिल्ला अधिवेशनको उद्घाटनपछि बोल्दै वार्ताका माध्यमबाट निचोड ननिस्केपछि सहमतीय सरकार गठन गर्नका लागि राजनीतिक दबाबका लागि आन्दोलन एक मात्रै विकल्प रहेको दाबी गर्नुभएको छ।


तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment