पाकिस्तानको बलुचिस्तान प्रान्तको सदरमुकाम क्वेटामा हिजो गराइएको शृंखलाबद्ध बम विष्फोटनमा परी मारिएकाहरुको स्मृतिमा तीन दिन शोक मनाउने घोषणा गरिएको छ।

बलुचिस्तानको बजार क्षेत्रमा शुरुमा गराइएको विष्फोटनमा परी एघारजनाको मत्यु भएको थियो भने त्यसको लगत्तै एउटा स्नुकर कक्षमा गराइएको दोश्रो विष्फोटनमा परि एकासीजना मारिएका थिए।
त्यहाँको बिद्रोही समूह- संयुक्त बलुच सेनाले पहिलो बम विष्फोट गराएको जिम्मेवारी स्वीकार गरेको छ भने दोश्रो विष्फोटनको जिम्मा सन्नी अतिवादी समूह- लस्करे झांवीले लिएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment