Thursday, December 20, 2012
प्रधानमन्त्रीद्वारा एकीकृत नेकपा माओवादी अध्यक्ष दाहाल र आफ्ना बीच मतभिन्नता नरहेको स्पष्ट
प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको राष्ट्रिय सरकारको गठनका सन्दर्भमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र आफ्ना बीच मतभिन्नता नरहेको कुरा बताउनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीहरुसङ्ग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आगामी बैशाखमा संविधान सभाको निर्वाचन गराउन दलहरुबीच सहमती भएको खण्डमा आफू पद त्याग गर्न तयार रहेको कुरा स्पष्ट पार्नुभयो।
एकीकृत नेकपा माओवादी सुशील कोइरालालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न इच्छुक भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यस्तो निर्णयको विरोध गरेको भनी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका नेताहरुलाई भनेको भनि स्थानीय संचार माध्यमहरुमा समाचारहरु आइरहेको बेला प्रधानमन्त्री भट्टराईले यो प्रतिक्रिया दिनुभएको हो।
नागरिक दैनिकको कार्यालयमा तोडफोद-सम्पादकमाथि हातपात
आफूलाई शिव सेना नेपालका कार्यकर्ता भन्ने पचासजना जतिको समूहले सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा प्रवेश गरी सम्पादक किशोरे नेपालमाथि हातपात गर्नुका साथै तोडफोड पनि गरेको छ।
नारा लगाउँदै समाचार शाखामा प्रवेश गरिसकेका तिनीहरुलाई सम्पादकमाथि हातपात गर्न र तोडफोड गर्नबाट रोक्नलाग्दा पत्रकारहरु शुदर्शन सापकोटा, राजेन्द्र ज्ञवाली,र स्वरू आचर्यलाई सामान्य चोट लागेको बताइएको छ।
नागरिकमा कार्यरत पत्रकारहरुका अनुसार, नागरिकको साप्ताहिक अंकले आफ्नो मर्यादा नाघेको आरोप लगाइरहेका थिए।
तोडफोडमा संलग्न बीसजनालाई प्रहरीले गिरफ्तार गरेको छ।
तोडफोडमा संलग्न बीसजनालाई प्रहरीले गिरफ्तार गरेको छ।
दक्षिण कोरियाका नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येद्वारा कोरियाली प्रायद्वीपमा फेरि नयाँ युगको उद्घाटन गर्ने प्रतिबद्धता
दक्षिण कोरियाका नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येले उत्तर कोरियाका तर्फबाट गम्भीर सुरक्षा चुनौति विद्यमान रहेको दाबी गर्दै विश्वासमा आधारित वार्ताका लागि आह्वान गर्नुभएको छ।
दक्षिण कोरियाका प्रथम महिला राष्ट्रपति बन्ने सौभाग्य पाउनुभएका पार्क गुन-ह्येले हिजो सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मून जे-इन(48.9प्रतिसत मत)लाई 50.1 प्रतिसत मत प्राप्त गरी पराजित गर्नुभएको थियो।
सत्तारुढ सैनुरी पार्टीका नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येले अब राष्ट्रपति ली म्युन-बाकलाई स्थानान्तरित गर्नुहुनेछ।
दिबंगत नेताहरु प्रति सम्मान व्यक्त गरेपछि बोल्दै नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येले कोरियाली प्रायद्वीपमा फेरि नयाँ युगको उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिका र दक्षिण कोरिया बीच गहन आर्थिक, सुरक्षात्मक र जनता-जनता बीचको सम्बन्ध रहेको कुरा बताउँदै नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येलाई बधाई ज्ञापन गर्नुभएको छ। तस्विर सौजन्य:बिबिसी
फेरि एकजना श्रष्ठाको अवशान: वरिष्ठ साहित्यकार यात्री रहनुभएन
वरिष्ठ साहित्यकार तथा अन्वेषक पुर्णप्रकाश नेपाल यात्रीको आज विहान निधन भएको छ । लामो सयमयदेखि मधुमेहबाट पिडीत ७९ वर्षीय यात्रीको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचारका क्रममा निधन भएको हो ।
राजा गगनीराजको यात्रा, भेरी लोक साहित्य, महाकाली अञ्चल दिग्दर्शन, सेतीको नालीबेली, राराको सौंराई (साझा पुरस्कार प्राप्त), पर्दाभित्र (उपन्यास) लगायत उहाँका करिब ५ दर्जन कृति प्रकाशित छन् ।
यात्रीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि विहान आठ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको उहाँको परिवारले जनाएको छ ।
उहाँका श्रीमती र सातजना छोरा छन । जेठा छोरा शैलेन्द्रप्रकाश नेपाल साहित्यकार हुनुहुन्छ भने कान्छा पारशप्रकाश नेपाल कान्तिपुरमा पत्रकारका रुपमा कार्यरत हुनुहुन्छ। तस्विर सौजन्य: इकान्तिपुर
यात्रीको सिर्जनशील आत्माले चिर शान्ति पाओस, यही मेरो कमना छ।
ध्वनि प्रदूषण मापदण्ड उल्लंघनकर्तालाई सरकारले कारवाही गर्नालाग्दा प्रतिपक्षीहरुलाई सह्य होला?
सरकारले जतिसुकै राम्रो काम गर्नलागे पनि आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि त्यस कदमको विरोध गरिहाल्ने प्रतिपक्षी मानसिकता मौलाएको हाम्रो, नेपालजस्तो देशमा सरकारले लागू गरेको ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड उल्लंघन गर्नेलाई सरकारले कारवाही गर्नालाग्यो भने प्रतिपक्षी दलहरुलाई सह्य होला? साम, दाम, दण्ड, भेद जुनसुकै नीति भए पनि अपनाएर सत्ताको खुड्किलो चढ्ने मौका कुरेर बसेका सत्तालोलुप प्रतिपक्षीहरुले सरकारको यसै जनहितकारी कामलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने माध्यम नबनाउलान भन्ने आधार केही छ र? तथापि, लातको भूत बातले मान्दैन भनेझैं, कानून बनेर लागू भैसक्दा पनि नियमको उल्लङ्घन गरिराख्नेहरुलाई डण्डाले हानेरै भए पनि तह लगाउने सरकारको निर्णयको स्वागत गर्नेपर्छ। नेपाल सरकारको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले मापदण्ड लागु भइसक्दासमेत त्यसतर्फ कसैले ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्दै नियमको उल्लङ्घन गर्ने कसैलाई पनि कारवाही गरिने प्रतिबद्धता जनाएको छ।
मन्त्रालयले गत कात्तिक तेह्र गते राजपत्रमा सूचना प्रकाशित गरी ध्वनिको स्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरिसकेको छ। सिमेन्ट र ढुंगा पेल्ने उद्योगबाट निष्काशन भई हावामा जाने धूलोसम्बन्धी मापदण्ड, डिजेल जेनेरेटरबाट निष्काशन भई हावामा जाने धुवाँसम्बन्धी मापदण्ड र क्वथन यन्त्रको सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइँसम्बन्धी मापदण्ड जारी गरेको छ।
सरकारले औद्योगिक क्षेत्रमा दिनमा ७५ र रातमा ७० डिसेबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डिसेबल, शहरी आवास क्षेत्रमा ५५/५५ डिसेबल, मिश्रित आवास क्षेत्रमा ६३ र ४० डिसेबल र शान्त क्षेत्रमा ५० र ४० डिसेबल गरी ६ क्षेत्रको ध्वनिको सीमा निर्धारण गरेको छ ।
तर औधोगिक क्षेत्रमा एक सयदेखि एक सय तीस डेसिबलसम्म ध्वनि प्रदूषण हुनेगरेको पाईएको जानकारी दिदै मन्त्रालयका मेकानिककल ईन्जिनियर गोविन्द खरेल मापदण्डभन्दा बढी ध्वनि प्रदूषण गर्ने यस्ता उद्योगलाई उद्योग क्षेत्रको सुविधा कटौती गर्नसकिने व्यवस्था रहेको बताउनुहुन्छ।
मन्त्रालयले हिजो अयोजना गरेको पत्रकार सम्मेलनमा अव्यवस्थित तरिकाले ठुल्ठुलो आवाजमा संगीत/गीत बजाउने, जेनेरेटर, मोटर पम्प, ग्रील उद्योगहरुले प्रयोग गर्ने ग्राईन्डिङ मशिन आदिका कारणले बढी ध्वनि प्रदूषण हुनेगरेको जनाएको छ । मान्छेको बढ्ता चहल/पहल हुने र सवारी चाप तथा ओहर-दोहर बढी हुने ठाउँमा अझ बढी ध्वनि प्रदूषण हुनेगरेको पाइएको छ ।
ध्वनि प्रदूषणका कारण मानिसमा उच्च रक्तचाप, तनाव बढ्ने, श्रवण शक्ति गुम्ने, निन्द्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या आइपर्ने कुरा विशेषज्ञहरु बताउँछन। ध्वनि प्रदूषणको न्यूनीकरणका माध्यमबाट मानव स्वास्थ्य तथा वातावरणको संरक्षण गर्ने उद्देश्यअनुरुप जारी गरिएको मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्दै मन्त्रालयले नत्र त्यस्ता उल्लङ्घनकर्तालाई कारवाही गर्न सरकार बाध्य हुने जनाएको छ।
मेरो विचार: नेपालमा यस्ता नियम-कानून धेरै बने, धेरैले कार्य-रूप पनि ;पाए। तर अधिकांश बीचैमा तुहिए, खासगरी त्यस्ता नियम-कानून जो ठूलाबडा र व्यापार-व्यवसायीहरुसङ्ग सम्बन्धित थिए। अहिलेको यस मापदण्डले पनि यस्तै नियतिको भागी बन्नु नपरोस, यहिँ मेरो कामना छ।
माघ मसान्तसम्म अठार वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार
निर्वाचन आयोगले २०६९ माघ मसान्तसम्म अठार वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्ने अधिकार दिनेभएको छ । निर्वाचन ऐन, कानुन संशोधन प्रस्तावमा उक्त मितिलाई उमेर सीमा तोकिएको छ। अठार वर्ष पुगेको र नागरिकता प्राप्त गरी माघ मसान्तभित्र मतदाता नामावलीमा दर्ता भएको नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिएको कुरा आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले बताउनुभयो।
आगामी निर्वाचनमा सहभागी गराउने प्रयोजनका लागि आयोगले फोटोसहितको मतदाता नामावली संकलन गर्नेहेतु 'यही पुसभित्र कर्मचारी खटाउने र नामावली दर्ताका निम्ति एउटा गाविसमा तीन दिनसम्म टोली रहने' व्यवस्था गर्नलागिएको जानकारी पनि प्रवक्ता ठाकुरले दिनुभयो।
सरकारले वैशाखमा निर्वाचन गर्ने भनेअनुसार तयारी गर्नथालिएको र त्यसका लागि आबश्यक ऐन, कानुनका बाधाअड्काउ फुकाउन, निर्वाचनको मिति घोषणा गर्न र आयुक्त छिटो नियुक्त गर्नका लागि सरकार र राष्ट्रपतिको ध्यानाकर्षण गराइसकिएको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संचारकर्मीहरुलाई दिनुभयो। निर्वाचन आचारसंहिता र राजनीतिक दलसम्बन्धी विधेयकबारे आयोगले यसै साता छलफलको तयारी गरेको जानकारी पनि गुरुङले दिनुभयो।
आगामी राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्रको उपयोग गर्ने प्रस्ताव आयोगले गरेको छ । यस सन्दर्भको अनुरोध-प्रस्ताब भारत सरकारसित गरिसकिएको छ ।
Subscribe to:
Posts (Atom)