Thursday, December 20, 2012

फेरि एकजना श्रष्ठाको अवशान: वरिष्ठ साहित्यकार यात्री रहनुभएन


वरिष्ठ साहित्यकार तथा अन्वेषक पुर्णप्रकाश नेपाल यात्रीको आज विहान निधन भएको छ । लामो सयमयदेखि मधुमेहबाट पिडीत ७९ वर्षीय यात्रीको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचारका क्रममा निधन भएको हो ।
राजा गगनीराजको यात्रा, भेरी लोक साहित्य, महाकाली अञ्चल दिग्दर्शन, सेतीको नालीबेली, राराको सौंराई (साझा पुरस्कार प्राप्त), पर्दाभित्र (उपन्यास) लगायत उहाँका करिब ५ दर्जन कृति प्रकाशित छन् ।
यात्रीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि विहान आठ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको उहाँको परिवारले जनाएको छ । 
उहाँका श्रीमती र सातजना छोरा छन । जेठा छोरा शैलेन्द्रप्रकाश नेपाल साहित्यकार हुनुहुन्छ भने कान्छा पारशप्रकाश नेपाल कान्तिपुरमा पत्रकारका रुपमा कार्यरत हुनुहुन्छ।                    तस्विर सौजन्य: इकान्तिपुर 
यात्रीको सिर्जनशील आत्माले चिर शान्ति पाओस, यही मेरो कमना छ। 

No comments:

Post a Comment