Thursday, December 20, 2012

प्रधानमन्त्रीद्वारा एकीकृत नेकपा माओवादी अध्यक्ष दाहाल र आफ्ना बीच मतभिन्नता नरहेको स्पष्ट


प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको राष्ट्रिय सरकारको गठनका सन्दर्भमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र आफ्ना बीच मतभिन्नता नरहेको कुरा बताउनुभएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीहरुसङ्ग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आगामी बैशाखमा संविधान सभाको निर्वाचन गराउन दलहरुबीच सहमती भएको खण्डमा आफू पद त्याग गर्न तयार रहेको कुरा स्पष्ट पार्नुभयो। 

एकीकृत नेकपा माओवादी सुशील कोइरालालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न इच्छुक भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यस्तो निर्णयको विरोध गरेको भनी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका नेताहरुलाई भनेको भनि स्थानीय संचार माध्यमहरुमा समाचारहरु आइरहेको बेला प्रधानमन्त्री भट्टराईले यो प्रतिक्रिया दिनुभएको हो।  

No comments:

Post a Comment