Tuesday, November 13, 2012

म्यान्माका विपक्षी नेत्री आंग साँ सू कि भारत भ्रमणमा


म्यान्माका विपक्षी नेत्री एबम् संसद सदस्य आंग साँ सू किले भारतको भ्रमण शुरु गर्नुभएको छ । करिब चालिस वर्षमा पहिलो पटक भारत पुग्नुभएकी आंग साँ सू कीले भारतका प्रधानमन्त्री मनमोहन सिंहसङ्ग भेटवार्ता गर्ने, संसद्को अबलोकन भ्रमण गर्ने र सार्वजनिक सम्बोधन गर्ने कार्यक्रम छ। 

कयौं वर्षसम्म कारागारमा वितौनुभायेकी प्रजातन्त्रबादी नेत्री सू कि सन् दुइ हजार बाह्रमा भएको निर्वाचनमा विजयी हुनुभएको हो। म्यान्माली संसदमा उहाँको दलको न्युन उपस्थिति छ। 

म्यान्मामा शुरु भएको प्रजातान्त्रिक सुधार संगै पश्चिमा राष्ट्रहरु म्यान्मासङ्ग सम्बन्ध सुधार गर्न इच्छुक देखिएका छन्। यस सन्दर्भमा म्यान्माको भ्रमण गर्ने पहिलो विदेशी नेता अमेरिकी राष्ट्रपति बराक ओबामा बन्नुहुनेभाएको छ।

लुम्बिनीमा नेपालको राष्ट्रिय झन्डा फहरायो


भैरहवा, कार्तिक २८ -  विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको मायादेवी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकलाई गौतम बुद्ध नेपालमा जन्मेका हुन् भत्रे जानकारी होस् भत्रे उद्देश्यले मायादेवी मन्दिरमा राष्ट्रिय झन्डा फहराइएको कुरा लुम्बिनी विकास कोषले जनाएको छ । 
बौद्ध धर्मावलम्बी तथा केही राजनीतिक दलका प्रतिनिधिले नेपालको झन्डा राख्नुभन्दा बौद्ध झन्डा राख्नु नै उचित हुने भत्रे अडान विगतदेखि राख्दा झन्डा राख्न नसकिए पनि हाल आपसी छलफलमा भएको सहमतिपछि नेपालको झन्डा राखिएको बताइएको छ । 
प्रायः विदेशी पर्यटकले “लुम्बिनी नेपालमा पर्छ कि भारतमा” भनी आफूहरूसँग विगतमा सोध्नेगरेको र झन्डा राखिएपछि लुम्बिनी नेपालमा पर्ने रहेछ भत्रे जानकारी पाउन उनीहरुलाई सहज भएको विचार लुम्बिनीका पर्यटन व्यवसायी प्रह्लाद यादवले व्यक्त गरेका छन । 
मायादेवी मन्दिरको माथि चार सुरमा यस अघि बौद्ध झन्डा राखिएकामा हाल कोषले चार सुरमध्ये तीन सुरमा नेपालको झन्डा राखेको कोषका सूचना प्रमुख हरि राईले बताउनुभयो । 
भैरहवा बहुमुखी क्याम्पसक प्रमुख डा घनश्याम परिश्रमीले अन्तर्राष्ट्रिय जगतमा बुद्धको जन्म नेपालमा भएको र नेपाल शान्ति-भूमि हो भत्रे संदेश  मायादेवीमा रहेको झन्डाले दिने विचार व्यक्त गर्नुभयो। 
रासस

आज लक्ष्मी पूजा- गाइको तिहार



आज यमपंचकको तेश्रो दिन— गाई तिहार। समृद्धि र सम्पन्नताकी प्रतीक गौमताको पूजा गर्ने दिन। प्राचीन कालदेखि नै गाईको दूध, मल-मुत्रबाट लाभान्वित हुँदैआउन पाएकोमा गाईप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै हिन्दुहरु गाईलाई माला र टीका लगाइदिने र मिठो घाँस तथा अन्य खानेकुरा खान दिनेगर्दछन। घरहरु सफा गर्दछन र ढोका तथा झ्याल सयपत्री (हजारी) तथा सुपारे फूलका मालाले सजाउने चलन छ। 

बेलुकि घरका ढोका र झयालका ठेलाहरुलगायत चारैतिर दिया अथवा मैनबत्तीका साथसाथै विभिन्न रंगका बत्तीहरु बालेर सारा घर-आँगन झालाकार बनाई लक्ष्मीको आराधना गरिन्छ,  धनधान्यकी देवी लक्ष्मीलाई घरमा आह्वान गरिन्छ। यसै साँझदेखि आधा रातसम्म केटीहरु मादल आदि बाजा बजाउदै घर-घर पुगी भैंली खेल्दछ, र उठेको पैसा, मिठाई, सेल रोटी आदि सबैमा बराबर भाग लगाएर लिन्छन। ।   
यमपन्चक पाँच दिन मनाइए पनि तिहारको रमाइलो खासगरी आज लक्ष्मी पूजाका दिनदेखि शुरु हिन्छ।

हार्दिक शुभकामना सबैलाई लक्ष्मी पूजाका उपलक्षमा ...

आजै, मंगलवार विहान ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँस तिथी परेकाले विहान कुकुर तिहार पनि मनाइयो। विहान कुकुरको पूजा गरी माला लगाइदिएर, मिठो खाने कुरा खुवाइयो । घरपालुवा पशुको रुपमा पालिने कुकुरलाई कुकुर तिहारका दिन यमदूतका रुपमा पूजा गर्ने प्रचलन छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । नरक चतुर्दशीका दिन रातको अन्तिम प्रहरमा शरीरमा तेल घसी स्थान गर्ने र सोही दिन नरक चतुर्दशीका अवसरमा नर्के बग़ाउने चलन पनि छ।