म्यान्माका विपक्षी नेत्री एबम् संसद सदस्य आंग साँ सू किले भारतको भ्रमण शुरु गर्नुभएको छ । करिब चालिस वर्षमा पहिलो पटक भारत पुग्नुभएकी आंग साँ सू कीले भारतका प्रधानमन्त्री मनमोहन सिंहसङ्ग भेटवार्ता गर्ने, संसद्को अबलोकन भ्रमण गर्ने र सार्वजनिक सम्बोधन गर्ने कार्यक्रम छ।
कयौं वर्षसम्म कारागारमा वितौनुभायेकी प्रजातन्त्रबादी नेत्री सू कि सन् दुइ हजार बाह्रमा भएको निर्वाचनमा विजयी हुनुभएको हो। म्यान्माली संसदमा उहाँको दलको न्युन उपस्थिति छ।
म्यान्मामा शुरु भएको प्रजातान्त्रिक सुधार संगै पश्चिमा राष्ट्रहरु म्यान्मासङ्ग सम्बन्ध सुधार गर्न इच्छुक देखिएका छन्। यस सन्दर्भमा म्यान्माको भ्रमण गर्ने पहिलो विदेशी नेता अमेरिकी राष्ट्रपति बराक ओबामा बन्नुहुनेभाएको छ।
No comments:
Post a Comment