Wednesday, January 2, 2013

रातिमा जुन लागेपछि त- विष्णु माझी र कस्तुप पन्त

सफलतापूर्बक धूमपान गर्न छोडेका मानिसहरुमा पछिगएर चिन्ता कम हुँदैजाने अनुसन्धानको निष्कर्ष


धूमपानले तनावबाट मुक्ति दिलाउँछ भन्ने भनाइको ठीक विपरित सफलतापूर्बक धूमपान गर्न छोडेका मानिसहरुमा पछिगएर चिन्ता कम हुँदैजाने कुरा अनुसन्धानकर्ताहरुले बताएकाछन। 
मनोविज्ञानसम्बन्धी बेलायती पत्रिकाले धूमपान छुटाउने कार्यमा लागेको चिकित्सालयमा गैरहेका पाँच सयजना धूमपानकर्ताहरुसङ्ग गरेको अध्ययनले धूमपान गर्न छोडेका मानिसहरुमा विस्तारै चिन्ता घट्दैजाने देखाएको छ। 
मस्ती अर्थात् रमाइलोका लागि धूमपान गर्नेभन्दा लहडी र चिन्ता-असन्तुलनको समस्याबाट पीडित धूमपानकर्ताहरुमा यसको असर अझ बढी हुने अनुसन्धानले देखाएको बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी 

पेरिसको मध्ये भागमा रहेको स्याउ पसलमा नयाँ वर्षको पूर्वसन्ध्यामा चोरी


फ्रान्सको राजधानी पेरिसको मध्ये भागमा रहेको स्याउ पसलमा नयाँ वर्षको पूर्वसन्ध्यामा चोरी भएको छ। 

अनुहारमा मकुन्ड़ो लगाएका हतियार सहितका चारजना मानिस जबर्जस्ती पसलमा पसेर करिब सवा आठ लाख पाउण्ड बराबरको सामान लुटेर लगेको जानकारी त्यहाँको प्रहरीले दिएको छ। 

स्याउका सामान बिक्री गर्ने त्यस पसल बन्द भएको तीन घण्टापछि, अर्थात बेलुकि नौ बजे पसल भित्र पसेका ती डाँकाहरु समान लुटेर भागेको बताइएको छ।                                                                                          तस्विर सौजन्य: बिबिसी                                                                                             
                                                                                                                                                                           

सिरियाको म्लेइह जिल्लाको नवरस पेट्रोल स्टेसनमा हवाई आक्रमण- कयौं मानिसको मृत्यु


सिरियाको राजधानी दमस्कसदेखि बाहिरी भागमा पर्ने म्लेइह जिल्लाको नवरस पेट्रोल स्टेसनमा गरिएको हवाई आक्रमणमा परी कयौं मानिस मारिएका छन्।

इन्टरनेटमा राखिएको अपुष्ट चल-दृश्यमा मानिसका डढेका शरीर र वाहनहरु देखिएको कुरा बिबिसीले जनाएको छ। 

राष्ट्रपति बसार अल-असदको सरकार विरुद्ध सन् दुइ हजार एघारमा प्रदर्शन शुरु भएदेखि हालसम्म चवालिस हजारभन्दा बढी मानिस मारिइसकेको दाबी प्रतिपक्षी समूहहरुले गरेका छन। नक्सा  सौजन्य: बिबिसी 

अमेरिकी राष्ट्रपति ओबामाद्वारा ठूलो परिमाणमा कर बृद्धी र खर्च कटौतीसम्बन्धमा भएको सहमतिको स्वागत


अमेरिकी राष्ट्रपति बराक ओबामाले ठूलो परिमाणमा कर बृद्धी र खर्च कटौतीका सम्बन्धमा भएको सहमतिको स्वागत गर्नुभएको छ। 
अमेरिकी जन-प्रतिनिधि सभाले सो सम्बन्धी विधेयकलाई एक सय सतसट्ठीका विरुद्ध दुइ सय सन्ताउन्न मतले पारित गरेपछि बोल्दै ओबामाले यो उपाय अर्थ-व्यवस्थालाई सुदृढ पार्ने चौतर्फी प्रयासमध्येको एउटा कदम मात्र भएको बताउनुभयो।

आज पारित विधेयकले धनि अमेरिकीहरुका लागि कर बढाउने र खर्च कटौतीलाई दुइ महिनाका लागि पछि सार्ने व्यवस्था गरेको छ। 
अमेरिकी जना-प्रतिनिधि सभाको यस कदमप्रति वित्तीय बजारले सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ। तस्विर सौजन्य: बिबिसी 

अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा रामपुर कृषि क्याम्पसका विद्यार्थीबीच विवाद: भौतिक संरचना तोडफोड, विद्यार्थीसमेत घाइते


आफ्नोपनलाई बिर्सेर अर्काको संस्कृति अँगल्दा देखापर्ने स्थिति बिसङ्गति हो, र यसै बिसङ्गतिको प्रतिफल हो– रामपुर कृषि क्याम्पसमा गत राति भएको तोडफोड । 
पराजित मानसिकताले ग्रस्त हामी नेपालीहरुमा विश्वका धनि भनाउँदा देशहरुमा मनाइने हरेक चाड-पर्वहरु मनाउँदा आफू ठूलो भइन्छ भन्ने विश्वास छ, शायद। त्यसैले हामी, विशेषगरी हाम्रो अहिलेको तथाकथित युवा पुस्ता, ग्रिगोरियन पात्रो अनुसारको नयाँ वर्ष मनाउँदा आफूलाई गौरवान्वित भएको ठान्दछौं। 
ग्रिगोरियन पात्रोअनुसार चल्ने यूरोप र अमेरिका मात्र होइन,हाम्रै छिमेकी भारतमा समेत नेपालको नयाँ वर्ष यिनीहरुको पात्रोको महिना- अप्रिल पन्ध्र तारिखतिर पर्छ भन्ने कुराको समेत जानकारी हुँदैन, अर्को छिमेकी चीनमा त, त्यहाँका मानिसहरु नेपाल भन्ने देश पनि छ र? नेपाल कहाँ पर्छ भनेर सोध्छन भन्ने कुरा पढ्ने बेलामा नपढ्ने, कक्षामै नजाने, अनि जाँचमा प्रश्नपत्र अप्ठ्यारो लाग्यो भने (नपढेपछि अप्ठ्यारो त लाग्छ नै) नपढ़ाएकोबाट प्रश्न दिइयो भनेर हड्तालमा उत्रने अहिलेको विचरा युवा पुस्तालाई के थाहा! 
इटालीका अधिकांश मात्र नभई, नब्बे प्रतिशत भन्दा बढी मानिसलाई विश्वमा नेपाल नामको देश पनि छ भन्ने कुरा थाहै हुँदैन, (नेपालको कुनै चाड मनाउने कुरा त कल्पनाको कुरा भयो), तर हामी त्यहाँको कुनै सामन्तबादी सोचको परिणाम भ्यालेन्टाइन दिवस मनाएर आफूलाई एकदम चेतनशील र आधुनिक ठानिरहेका हुन्छौं। 
यस्तो पराजित मानसिकताको विजारोपण गर्ने नेपाली शिक्षाका व्यापारीहरु र यस्तो व्यापारलाई खुलेआम फष्टाउन दिएर सरकारी स्तरका विद्यालयहरुलाई अनुदान नै नदिएर बन्द हुन वाध्य पार्ने भ्रष्ट राजनीतिले प्रश्रय पाउञ्जेल यस्ता तोडफोडका घटनाहरु हुँदैजानेछन, बढ्दैजानेछन।