Saturday, January 19, 2013
बढ्दो पारो प्रदूषणलाई रोक्ने कानूनीरुपमा बाध्यात्मक उपायहरुप्रति एक सय चालिसभन्दा बढी राष्ट्रको सहमति
विश्वमा बढ्दो पारो प्रदूषणलाई रोक्नका लागि तयार पारिएको कानूनीरुपमा बाध्यात्मक उपायहरुको संगालोप्रति विश्वका एक सय चालिसभन्दा बढी राष्ट्रले सहमति जनाएका छन।
जेनेभामा भएको राष्ट्र संघीय वार्तामा वातावरणमा छोडिने पारोको परिमाणलाई घटाउनका लागि यस उच्च-विषालु धातुको प्रयोगलाई नियन्त्रण गर्ने उपायका बारेमा सहमति भएको कुरा राष्ट्र संघले जनाएको छ।
पारोबाट प्रभावित मानिसको स्वास्थ्यमा स्नायु प्रणालिमा पूर्ण र स्थायी क्षतिलगायतका थुप्रै असरहरु पर्नसक्छन।
राष्ट्र संघले हालै सार्बजनिक गरेको तथ्यांकमा कयौं विकासशील राष्ट्रहरुमा पारोको निष्काशनको परिमाणमा बृद्धी भएको पाइएको देखाइएको छ।
जेनेभामा भएको राष्ट्र संघीय वार्तामा वातावरणमा छोडिने पारोको परिमाणलाई घटाउनका लागि यस उच्च-विषालु धातुको प्रयोगलाई नियन्त्रण गर्ने उपायका बारेमा सहमति भएको कुरा राष्ट्र संघले जनाएको छ।
पारोबाट प्रभावित मानिसको स्वास्थ्यमा स्नायु प्रणालिमा पूर्ण र स्थायी क्षतिलगायतका थुप्रै असरहरु पर्नसक्छन।
राष्ट्र संघले हालै सार्बजनिक गरेको तथ्यांकमा कयौं विकासशील राष्ट्रहरुमा पारोको निष्काशनको परिमाणमा बृद्धी भएको पाइएको देखाइएको छ।
विश्वमा बढ्दो मूल्यका कारण साना सुन खानीहरूको संख्यामा बृद्धी भैरहेको छ जसमा अधिकांशतः पारोको उपयोग गरिन्छ। तस्विर सौजन्य: बिबिसी
चिनियाँ अर्थतन्त्रमा उत्थानका सङ्केतहरु
चीनको आर्थिक बृद्धीमा निर्माण क्षेत्रको महत्वपूर्ण भूमिका |
चिनियाँ सरकारले सार्वजनिक गरेको सन् दुइ हजार बाह्रको पछिल्लो चौमासिकको प्रगति विवरणले तेश्रो चौमासिकको सात दसमलव चार प्रतिसतको तुलनामा शून्य दसमलव पाँच प्रतिसतले बृद्धी भएको देखाएको छ। भौतिक संरचना परियोजनाहरुमा सरकारले गरेको लगानी र कम्पनी तथा ग्राहकहरुको खर्च गर्नसक्ने क्षमता बढाउने प्रयासको परिणामस्वरुप चिनियाँ आर्थिक स्थितिमा सुधारको सङ्केत देखापरेको बताइन्छ।
चिनियाँ नयाँ नेतृत्वले सत्ता सम्हाल्नलागिरहेको अवस्थामा आर्थिक स्थायित्वलाई महत्वपूर्ण स्थितिका रुपमा लियिन्छ। तस्विर सौजन्य: बिबिसी
क्यानाडाका बैंक नोटमा छापिएको हल्दुको पात फरक भएको नोटविज्ञहरुको दाबी
पछिल्लो पटक छापिएका क्यानाडाका प्लास्टिक नोटहरुमा क्यानाडाली शर्करा हल्दुको पातको सट्टा नवेली हल्दुको पात छापिएको बैंकनोटका विज्ञहरुले जनाएका छन। नोटमा छापिएका हल्दुका पातमा बढी खण्ड र पाटका चुच्चाहरु पनि बढी भएको कुरा विज्ञहरुले औंल्याएका छन।
त्यस्तो भिन्नता गत नोभेम्बरमा प्रचलनमा ल्याइएका क्यानाडाका नयाँ बीस, पचास र सय डलरका नोटमा देखिएको छ। क्यानाडाली बैंक अधिकारीहरुले नोटमा छापिएको हल्दुको त्यो पात वनस्पति-विज्ञहरुको सहयोगमा तयार पारिएको, कलात्मक बनायिएको पात भएको दाबी गरेका छन।
नर्वेबाट क्यानाडा लगियेर क्यानाडामा प्रकृत गरिएको हल्दु मध्य- तथा पूर्वी क्यानाडामा निकै लोकप्रिय छ। तस्विर सौजन्य: बिबिसी
आम नागरिक चेतनशील नहोउन्जेल प्रजातन्त्र कतै कामको चीज हुनसक्दैन
हाम्रो देश नेपाललाई कता निर्देशित गरिंदैछ? कसैले जानीजानी व्यक्तिगत र दलगत स्वार्थका लागि यस्ता गतिविधि गरिरहेकछन, त कोही नजानिकनै भेडाको बथानजस्तै गर्दैछन।
देशमा संसद छैन, संविधान छैन, वैधानिक नभई कामचलाउ सरकार सत्तामा छ। यस्तो बेलामा राजनीतिक दूरदर्शिताका साथ नयाँ चुनाब गराएर देशमा जन-प्रतिनिधिहरुको निकाय स्थापित गराउने, नयाँ वैधानिक सरकार बनाउने, बीचैमा रोकिएको संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने, सुल्झाउन बाँकी रहेका विषयहरुको टुङ्गो लगाउने, देशमा शान्ति सुव्यवस्था कायम गर्नेतिर लाग्नुपर्नेमा हाम्रो देशका राजनीतिक दलहरु खालि कामचलाउ प्रधानमन्त्रीको राजीनामा मात्र मागेर बसिरहेका छन। अनि आम जनतालाई चेतनशील बनाउने जिम्मेवारी बहन गर्नुपर्ने कार्यकर्ताहरु उल्टै दिग्भ्रमित गर्दै सडकमा उर्लिएका छन। आम नागरिकमा चेतना नआउन्जेल प्रजातन्त्र कतै कामको चीज हुनसक्दैन भनेको शायद यही होला!
जीवनभरि राजनीति गरेर बीस-पच्चीस वर्षसम्म सत्ताकै वरिपरि रहेका यी दलहरु र यीनका नेताहरुलाई कामचलाउको अर्थ थाहा नभएको त अवश्य नै होइन। कुरा खालि के मात्र हुनसक्छ भने जनताको संविधान निर्माण गर्नका लागि संविधान सभामा पठाइएका यिनीहरुले चार-चार वर्षसम्म के गरेउ भनेर नेपाली नागरिकले सोधेका प्रश्नको जबाब दिने आँट छैन यिनीहरुमा। त्यसैले यिनीहरु चुनाबमा नगैकन यही हल्ला गरेर बसिराख्ने, अनि हल्लाकै भरमा कामचलाउलाई नै कुर्ची छोड्न बाध्य परेर सरकारमा गएपछि सत्ता र भत्ताको भरमा आफू जाने जनतामाझ। त्यति बेला चल्न सजिलो, बोल्न सजिलो, आशा बाँड्न सजिलो, कनिका छर्न सजिलो। भन्नुको अर्थ लडाईं नेपाल र नेपालीका लागि होइन, सत्ता र कुर्चीका लागि मात्र हो। अरु केही होला त? तस्विर सौजन्य: इकान्तिपुर
Subscribe to:
Posts (Atom)