Saturday, January 19, 2013

क्यानाडाका बैंक नोटमा छापिएको हल्दुको पात फरक भएको नोटविज्ञहरुको दाबी


पछिल्लो पटक छापिएका क्यानाडाका प्लास्टिक नोटहरुमा क्यानाडाली शर्करा हल्दुको पातको सट्टा नवेली हल्दुको पात छापिएको  बैंकनोटका विज्ञहरुले जनाएका छन। नोटमा छापिएका हल्दुका पातमा बढी खण्ड र पाटका चुच्चाहरु पनि बढी भएको कुरा विज्ञहरुले औंल्याएका छन।  
त्यस्तो भिन्नता गत नोभेम्बरमा प्रचलनमा ल्याइएका क्यानाडाका नयाँ बीस, पचास र सय डलरका नोटमा देखिएको छ। क्यानाडाली बैंक अधिकारीहरुले नोटमा छापिएको हल्दुको त्यो पात  वनस्पति-विज्ञहरुको सहयोगमा तयार पारिएको, कलात्मक बनायिएको पात भएको दाबी गरेका छन। 
नर्वेबाट क्यानाडा लगियेर क्यानाडामा प्रकृत गरिएको हल्दु मध्य- तथा पूर्वी क्यानाडामा निकै लोकप्रिय छ।  तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment