नवरात्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरिदै
छ। सिद्धिदात्रीको रूप
लिइसकेपछि भगवती पार्वतीले सूर्यको
केन्द्रमा रहन शुरु गर्नुभयो। यसो गर्नुको उद्देश्य
सूर्यले विश्व-ब्रह्माण्डमा आफ्नो शक्ति प्रवाहित गर्नसकुन भन्ने थियो।
त्यति बेलादेखि ती देवीको नाम कूष्माण्डा रहनगएको हो। कूष्माण्डा यस्ती देवी हुनुहुन्छ, जोसङ्ग सूर्यभित्र रहनसक्ने शक्ति र क्षमता छ। कूष्माण्डा देवीको शरिरको तेज र प्रभा
सूर्यको जति नै तेजोमय छ। यसरी कूष्माण्डा देवीले सूर्यलाई शक्ति प्रदान गर्नुहुन्छ र दिशानिर्देश गर्नुहुन्छ
भन्ने विश्वास गरिन्छ।
कूष्माण्डा देवीको प्रार्थना यस
मन्त्रद्वारा गरिन्छ:
या देवी सर्वभूतेषु माँ कूष्माण्डा रूपेण संस्थिता।
नमस्तस्यै
नमस्तस्यै नमस्तस्यै नमो नम:।।
देवी कूष्माण्डाका आठवटा हात छन, जसका
कारण यी देवीलाई अष्टभूजा देवी पनि भनिन्छ। कूष्माण्डा देवीको हातमा
रहेको जप-मालामा शिद्धी र निधि प्रदान गर्नसक्ने सम्पूर्ण शक्ति छ भन्ने विश्वास
गरिन्छ। तस्विर सौजन्य: गुगल