कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।
नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी देवीको
पूजा-आराधना गरिदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका
लागि भएको विश्वास गरिन्छ:
-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक
जीवनका लागि बरदान
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा
सन्तान-सुखको बरदान
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने
तीनको प्रत्यख्यान
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै
लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप
-स्वास्थ्य, सम्पन्नता र
समृद्धिका लागि बरदान
सिद्ध महर्षि कात्यानले कठोर
तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको
तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि
कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो। यसरी यी देबीको नाम "देवी
कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ।
अफ्नो एउता हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य
दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।
शक्ति-स्वरूपा कात्यायनी देवीले मानव जीवनको सुख-समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल-पत्रहरुले पूजा-आराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति-स्वरूपा माताको आह्वान गर्दै पवित्र तन-मनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ। तस्विर सौजन्य: गुगल