Showing posts with label नेपाली परम्परा. Show all posts
Showing posts with label नेपाली परम्परा. Show all posts

Sunday, August 22, 2021

आज नेपाल अधिराज्यभरि हिन्दु धर्मावलम्वीहरु ऋषि तर्पणी, अर्थात् जनै पूर्णिमा पर्व मनाउँदै

                                                                 "येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।"
"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ।"

आज नेपाल अधिराज्यभरि हिन्दु धर्मावलम्वीहरु ऋषि तर्पणी, अर्थात् जनै पूर्णिमा पर्व मनाउँदै छन। तागाधारी, अर्थात् जनै लगाउनेहरुले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय अथवा धारामा गई माटो, गोबर, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन।

जनैमा प्रयोग भएका ९६ धागा, ९ गुना, ३ डोरा र ५ ग्रन्थिमध्ये ९६ धागाले चार वर्ष पूरा भएर पाचौं वर्षमा प्रवेश भएपछि व्रतबन्ध गरिने भएको हुँदा बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँदछ। ९ गुनाले शरिरमा विद्यमान ९ इन्द्रिय, ६ डोराले शरीरका पाँच ज्ञानेन्द्रीय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको शट्कोणलाई समेत संकेत गर्दछन।

त्यसैगरी, तीन डोराले देव-ऋण, ऋषि-ऋण र पितृ-ऋण अनि पाँच शिखाले प्रतिदिन गरिने स्वाध्याय, अतिथि सत्कार पितृ-तर्पण, भूत-बलि र होम जस्ता पंच-महायज्ञलाई जनाउँछ। नयाँ जनै मंत्रिंदा जनैका ९ तन्तुमा ओमकार, अग्नि, सर्प, सोम, प्रजापति, पितृ, अनिल, यम र विश्वदेव जस्ता ९ देव र ३ ग्रन्थिमा ब्रह्मा, विष्णु र महेश्वरलाई विशेष मत्रोच्चारणद्वारा आह्वान गरिन्छ।

यस अवसरमा, विशेष मन्त्रले मन्त्रिएको डोरो— रक्षा बन्धनलार्इ आफ्नो सुरक्षाका खातिर नाडीमा
बाँधिन्छ। जनै पूर्णिमाका अवसरमा, कालकूट विषको डाहबाट छटपटाइरहेका शिवजीलाई शितलता प्रदान गर्नका लागि आजै उत्पत्ति भएको मानिने रसुवा अवस्थित गोसाइँ कुण्ड र सोही कुण्डबाट जल आएको विश्वास गरिने ललितपुरको कुम्भेश्वरलगायतका पवित्र शिवस्थानहरुमा आज ठूलो मेला लाग्ने गरेकाेमा यस वर्ष काेराेनाकाे संक्रमणका कारण मानिसहरू त्यहाँ जान पाएका छैनन।


कृषि प्रधान हाम्रो मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षा यामभरिको हिलो-पानीमा चलेर गर्मी-सर्दीले प्रभावित भएको शरिरमा पुनः ऊर्जा थप्नका लागि अाज नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाइएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन छ। यस चाडमा छुटाउनै नहुने विशेष परिकार भनेकाे भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको "क्वाति" नै हो। नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ। दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ। मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ। हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो। तस्विर सौजन्य: गुगल