धूमपानले तनावबाट मुक्ति दिलाउँछ भन्ने भनाइको ठीक विपरित सफलतापूर्बक धूमपान गर्न छोडेका मानिसहरुमा पछिगएर चिन्ता कम हुँदैजाने कुरा अनुसन्धानकर्ताहरुले बताएकाछन।
मनोविज्ञानसम्बन्धी बेलायती पत्रिकाले धूमपान छुटाउने कार्यमा लागेको चिकित्सालयमा गैरहेका पाँच सयजना धूमपानकर्ताहरुसङ्ग गरेको अध्ययनले धूमपान गर्न छोडेका मानिसहरुमा विस्तारै चिन्ता घट्दैजाने देखाएको छ।
मस्ती अर्थात् रमाइलोका लागि धूमपान गर्नेभन्दा लहडी र चिन्ता-असन्तुलनको समस्याबाट पीडित धूमपानकर्ताहरुमा यसको असर अझ बढी हुने अनुसन्धानले देखाएको बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment