Thursday, December 20, 2012

दक्षिण कोरियाका नव-निर्वाचित राष्ट्रपति पार्क गुन-ह्येद्वारा कोरियाली प्रायद्वीपमा फेरि नयाँ युगको उद्घाटन गर्ने प्रतिबद्धता


दक्षिण कोरियाका नव-निर्वाचित राष्ट्रपति  पार्क गुन-ह्येले उत्तर कोरियाका तर्फबाट गम्भीर सुरक्षा चुनौति विद्यमान रहेको दाबी गर्दै विश्वासमा आधारित वार्ताका लागि आह्वान गर्नुभएको छ। 
दक्षिण कोरियाका प्रथम महिला राष्ट्रपति बन्ने सौभाग्य पाउनुभएका पार्क गुन-ह्येले हिजो सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मून जे-इन(48.9प्रतिसत मत)लाई 50.1 प्रतिसत मत प्राप्त गरी पराजित गर्नुभएको थियो। 
सत्तारुढ सैनुरी पार्टीका नव-निर्वाचित राष्ट्रपति  पार्क गुन-ह्येले अब राष्ट्रपति ली म्युन-बाकलाई स्थानान्तरित गर्नुहुनेछ।
दिबंगत नेताहरु प्रति सम्मान व्यक्त गरेपछि बोल्दै नव-निर्वाचित राष्ट्रपति  पार्क गुन-ह्येले कोरियाली प्रायद्वीपमा फेरि नयाँ युगको उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 
अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिका र दक्षिण कोरिया बीच गहन आर्थिक, सुरक्षात्मक र जनता-जनता बीचको सम्बन्ध रहेको कुरा बताउँदै नव-निर्वाचित राष्ट्रपति  पार्क गुन-ह्येलाई बधाई ज्ञापन गर्नुभएको छ।                                                                                                                        तस्विर सौजन्य:बिबिसी 

No comments:

Post a Comment