Friday, January 11, 2013

फेरि अर्को प्रतिबद्धता, पूरा कहिलेइ नहुने प्रतिबद्धता


नेपाली 'प्रजातन्त्र'का मुख्य खेलाडीहरु- प्रमुख चार दलका शीर्ष नेताहरुले यही पुस मसान्तभित्र सहमति जुटाउने फेरि अर्को प्रतिबद्धता व्यक्त गरेका छन,  राष्ट्रपतिसमक्ष। आठौं पटक समय थप गरिसक्दा पनि दलहरु सहमतिमा पुग्न नसकेपछि अप्ठ्यारोमा परेका राष्ट्रपति यादबले आगामी उपायबारे छलफलका कागि मुख्य चार दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाउनुभएका बेला बिहीबार दिउँसो यी चार दलका नेताहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागि भएको छलफलमा राष्ट्रपतिले पटक-पटक समय दिदा पनि सहमति हुन नसकेकोमा असन्तुष्टी व्यक्त गर्नुभएको थियो।

राष्ट्रपति यादवले विगठित संविधान सभामा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधिहरुलाई   छलफलका लागि शुक्रबार शीतल निवास बोलाउनुभएको छ।
देशमा कामचलाउ सरकार सत्तामा रहेको अवस्थामा, राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहि लोपटक मंसिर ८ गते दलहरुलाई आह्वान गर्नुभएको थियो।   कार्टुन सौजन्य: नागरिक दैनिक

No comments:

Post a Comment