Friday, November 16, 2012

नेताहरुलाई झापड हान्ने क्रम जारी

दुइ सय वर्षसम्म राज गरेको राजसत्ता त हटायौं, हामीलाई कसले के गर्नसक्छ र भन्ने भ्रम हुनसक्छ राजनीतिक दल र दलका नेताहरुमा। सारा नेपाली जनतालाई आफ्ना झोले बनाइसकेको अवस्थामा नहोस पनि कसरी? कोही कांग्रेसका झोले, कोही एमालेका झोले, कोही माओवादीका झोले, कोही कसैका झोले त कोही कुनै पार्टीका। 

झोले भए पार्टीसंग मागेर, वा लुटेर, अथवा सिधासादा जनतालाई हप्काएर पनि खान पाइहालिन्छ, अरु जोसुकै जतासुकै ज़ाउन।  नेताहरुका नजिकका भनाउँदा झोलेहरुको यस्तो मनस्थिति, जसलाई सिढी बनाएर कुर्चीमा पुगियो, उसैलाई हप्काउन नसक्ने नेताहरुको वाध्यता। 

यसो भएपछी सर्वसाधारण जनता त सधै मर्कामा। पुलिस नेताहरुको हातमा, सेना नेताहरुको हातमा, लौरे, मुंग्रे, भुस्तिघ्रेहरु नेताहरुको हातमा, जनता त निरिह। अनि महंगीको मार पनि जनताले नै खप्नुपर्ने, अशान्तिको प्रहार पनि जनताले नै खप्नुपर्ने, कृत्रिम अभावको मार पनि जनताले नै खप्नुपर्ने, चन्दा आतंकका  कारण पनि जनता नै आतंकित हुनुपर्ने। 

यस्तो असमन्जसको अवस्थामा एकजना साहसी युबक निस्कन्छ, नेताहरुलाई सांकेतिक झापड हान्छ, तर नेताहरुयसको अर्थ बुझ्न चाहदैनन। यिनीहरु त कहिले सहमति, कहिले संघियता, कहिले जातियताको, त कहिले केको मुद्धामा अल्झिएर जागिरको अवधि बढाउदै जनताको रगत पसिनाबाट तिरेको करको पैसा लुट्दै गरिरहेका छन। अनि यिनका कार्यकर्ताहरु पनि यस्तै- आफ्ना नेताको प्यारो बन्नका लागि नेताहरुलाई सजग गराउनका लागि सांकेतिक प्रहार गर्ने सजग नागरिकको मुक्ची नै भत्काइदिन्छन। 

अनि प्रचार गर्छन, फलानो पार्टीले उक्साएर आक्रमण गर्न लगाएको मान्छे हो भनेर। त्यसपछि आत्म-तृप्त हुनथाल्दछन, झलनाथलाई कार्यकर्ता देवीप्रसादले कुट्याथ्यो, झक्कुप्रसादलाई पसलेले, सुशिल कोइरालालाई प्रभुराम बस्नेतले ठोक्याथ्यो। अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुंगे माओवादी कार्यकर्ता पदम कुँवरले झापड हान्यो त के भयो। 

यहाँको चलन यस्तै छ भन्यो, आफू चोखो बन्यो, बरु त्यो आक्रोशित आम जनताको प्रतिनिधिलाई नै सजाय दिलायो।  


सिक, नेता हो, सिक। राजालाई तिमीहरुले फालेका  होइनौ, नेपाली जनताले फलेका हुन्। यस्तै चाला हो भने भोलि तिमीहरुलाई पनि बढार्लान।   

No comments:

Post a Comment