Saturday, November 17, 2012

आफ्नो सुरक्षा गर्नपाउने इजरेलको अधिकारको अमेरिकाद्वारा समर्थन

इजरेलले गत बुधबार गाजा क्षेत्रमाथि आक्रमण शुरु गरेदेखि अटठाइसजना प्यालेस्टिनी र तीनजना इजरेली नागरिक मारिइसकेका छन।  मारिएकामध्य कम्तिमा सातजना बालबालिका पनि रहेको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन्। 

हमासका सैनिक नेता अहमद जाब्री बुधबारकै आक्रमणमा मारिएको र अर्का वरिष्ट कमान्डर शुक्रबार मारिएको जानकारी हमासले दिएको छ।  इजरेली अधिकारीले जनाएअनुसार, गाजाबाट बिहिबार प्रहार गरिएको रकेट आक्रमणमा परी किर्यत मलाची शहरमा दुइ महिला र एक पुरुषको मृत्यु भएको छ।  शुक्रबार मात्रै गाजा क्षेत्रबाट प्रहार गरिएका 97 वटा रकेटले इजरेलका विभिन्न ठाउँमा क्षति पुगेको जानकारी इजरेली सुरक्षा सेनाले दिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई फोन गरी आफ्नो सुरक्षा गर्नपाउने इजरेलको अधिकारको अमेरिकाले समर्थन गर्ने कुरा दोहर्याउनुभएको छ। 

मेरो विचार: आफ्नो सुरक्षा गर्नपाउने इजरेलको अधिकार हो भने, शान्तिपूर्ण वातावरणमा जिउन पाउने प्यालेष्टिनी सर्वसाधारणको अधिकार होइन र! इजरेलसङ्ग शक्ति छ, क्षमता छ, गाजामाथि उसको अघोषित नियन्त्रण छ, उसले घर-घरमा घुसेर अपराधी आतंककारीलाई घरबाट बाहिर निकालेर कारबाही गर्नुपर्छ, तर दुइ-चारजना आतंककारीका कारण आम जनतालाई पिडित हुनदिनु हुदैन, शायद। 

No comments:

Post a Comment