Monday, December 10, 2012

सहमतिको लागि बाधन बन्दिनँ, तर विकल्प विना राजीनामा पनि दिन्न– प्रधानमन्त्री


प्रधानमन्त्री डा बाबुराम भट्टराईले  शून्य सहनशिलताको अवधारणा लिएर आफूले सकारात्मक कार्य प्रणालीको थालनी गरेको कुरा बताउनुभएकोछ। आफूले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् । गोरखाको ताकुकोट-५ मा संचालित सूर्य-ज्योति उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा सुशासनले बढावा पाएको दाबी गर्नुभयो। 

प्रधानमन्त्री भट्टराईले नेपालको वर्तमान आवश्यकता सत्ता परिबर्तन नभई राजनीतिक निकास हो भन्नुभायो। आफ्नो राजीनामाभन्दा दलहरुबीचको सहमति महत्वपूर्ण भएको कुरा बताउंदै प्रधानमन्त्री भट्टराईले तथापि सहमतिको लागि आफू बाधक नबन्ने कुरा दोहोर्‍याउँनुभयो। डा भट्टराईले दलहरुलाई सहमतिका लागि आव्हान समेत गर्नुभयो। 'सहमतिको लागि म बाधन बन्दिनँ,' प्रधानमन्त्रीले भन्नुभयो, 'तर विकल्प विना राजीनामा पनि दिन्न।'  

विकल्प विनाको सहमतिले मुलुकलाई झन् कठीन अवस्थामा पुर्याउने तर्क प्रस्तुत गर्नुभयो।

यसअघि काठमान्डू विश्व विद्यालयमा बोल्दै प्रधानमन्त्री भट्टराईले आगामी केही हप्तामा दलहरु बीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो। 

मेरो विचार: अहिलेको राजनीतिक परिदृश्यलाई विचार्दा नेपाली कांग्रेस र एमाले लगायतका दलहरु सहमतिका आधारमा अथवा सडकबाटै भए पनि  भट्टराईलाई सत्ताबाट हटाईछाड्ने मनस्थितिमा देखिन्छन। उनीहरुका पछिल्ला गतिविधिले यसै कुराको पुष्टि गर्दछन। यसबाट के प्रष्ट हुन्छ त भन्दा प्रतिपक्ष देशका समस्या समाधान भन्दा प्रधानमन्त्रीको कुर्ची हडप्न सर्बप्रथम लालायित छ। बाबुरामलाई हटाएर आफू कुर्चीमा पुगे पनि समस्याको समाधान हुनसक्दैन भन्ने कुरा यिनीहरुलाई पनि राम्रैसङ्ग थाहा छ। किनकि वर्तमान अवस्थामा सहमति विनै बाबुराम जानु र अर्को कुनै राम आउनुमा कुनै तात्विक भिन्नता देखिदैन। यस वास्तविकतालाई राम्रैसङ्ग बुझेका प्रतिपक्षी दलहरुको एउटै उद्देश्य चुनाव अघि सत्तामा पुगेर सत्ताको सुविधा भोग गर्दै चुनाव लड्ने मात्र हो। तर कसैले पनि भुल्न नहुने कुरा के हो भने, जस्तालाई तस्तै ढीडालाई निस्तै जरुर हुन्छ। अर्काको भाग खोसेर आरामसङ्ग बसेर खाउँला भनी नसोचे पनि हुन्छ।

No comments:

Post a Comment