संसारको उत्पतिपछि धेरै पटक भौगोलिक चुम्बकको ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई आठ लाख वर्ष पहिले अस्तित्वमा रहेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकि चुम्बकीय कम्पासलाई पृथ्वीको ध्रुवको आधारमा निर्धारण गरिन्छ । यदि अहिलेको भौगोलिक चुम्बकीय ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिशाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्वीको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्वीको चुम्बकीय ध्रुवहरुको परिवर्तनलाई पृथ्वीलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्नखोजेका छन । तर के त्यस्तै नाटकीय असर पर्ला त ? हामीसंग भएका चुम्बकीय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रिकाडहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।
पृथ्वीका ध्रुवहरु अपरिवर्तनीय छैनन । प्राचीन छड चुम्बकको जस्तो निश्चित नभएर पृथ्वीको म्याग्नेटिक क्षेत्रलाई प्रभाब पार्ने तत्वहरु यताउता घुमिरहन्छन । भौगर्वविदहरु पृथ्वीको चुम्बकको कारण यसको केन्द्रको फलामको डल्लो र यसको वरिपरि रहेको तातो तरल धातुको समुन्द्रलाई मानेका छन । यस प्रकृयालाई सुपर कम्प्युटरद्वारा नमुनाकृत गर्न सकिन्छ । पृथ्वीको केन्द्रमा रहेको पग्लेको फलामको बगाईले गर्दा बिजुलिको करेन्ट उत्पन्न हुन्छ जसले चुम्बकीय क्षेत्र बन्छ । पृथ्वीको बाहिरी केन्द्रलाई बैज्ञानिकहरुले सिधै अध्ययन गर्न गाह्रो छ त्यसैले उनिहरु चुम्बकीय क्षेत्रको परिवर्तनलाई अध्ययन गरेर भित्रको परिवर्तनलाई अनुमान गर्छन । उत्तरी चुम्बकीय ध्रुव बिस्तारै भौगोलिक उत्तरी ध्रुव तिर सरिरहेको छ । यो उन्नाइसौ शताब्दिमा पत्ता लागेको भन्दा ११०० किलो मिटर सरिसकेको छ । यो पहिलभन्दा छिटो-छिटो सरिरहेको छ । यसलाई वैज्ञानिकहरुले पोलहरु परिवर्तन हुनलागेको भनेका छन । यो प्रतिवर्ष ४० माईलको दरमा सरिरहेको छ । यो दर २० औँ शताब्दिमा १० माईल प्रतिवर्ष थियो ।
चुम्बकीय परिवर्तनको कारण अन्तिम दिन आउनसक्ने परिकल्पना सौर्य आँधि आउनसक्ने खतरा छ । यस सुझावले गल्तिपुर्वक यो मान्छ कि पृथ्वीको चुम्बकीय शक्ति, जसले सौर्य आँधि र सूर्यबाट निस्किएर आउनसक्ने केन्द्रिय पदार्थलाई रोक्छ, ले पृथ्वीलाई छोटो समयको लागि छोडिदिने छ । चुम्बकीय क्षेत्र कमजोर हुन र पुन: दरिन केही समय लाग्नसक्छ, तर पुर्णरुपले हराएको प्रमाण कहिलै भेटिएको छैन । कमजोर चुम्बकीय क्षेत्रले निश्चितरुपले सुर्यको बिकिरणको मात्रा बढाउन सक्छ र कम देशान्तर भएको ठाँउहरुमा औरोरा (Aurora) को सुन्दर दृश्य देखिने छ। तर त्यस्तो खतरा भने हुनेछैन । पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर भए पनि सुर्यबाट आउने बिकिरण र पदार्थलाई बाक्लो वायुमण्डलले पनि छेक्ने छ ।
No comments:
Post a Comment