अफगानीस्तानको राजधानी काबुलमा प्रहरीको मुख्यालयभित्रै एकजना गैह्र-सैनिक अमेरिकीको हत्या भएको छ । अफगानी प्रहरीको पोशाक लगाएर आएकी एक युवतीले नेटो सैनिकका सल्लाहकार भएको भनिएका ती अमेरिकी नागरिकलाई सुरक्षाकर्मीहरुकै अगाडि नै गोली हानेर हत्या गरेकी हुन् ।

एउटा अर्को घटनामा, अफगानीस्तानको उत्तरी क्षेत्रमा एकजना प्रहरी अधिकृतले गोली हानेर पाँचजना सहकर्मीको हत्या गरेका छन् । पछिल्लो समयमा अफगानी प्रहरीद्वारा आफ्नै सहकर्मी अथवा विदेशीलाई गोली हान्ने क्रम बढ्दो छ ।

अफागानीस्तानबाट सन् २०१४ सम्ममा सबै नाटो सैनिक फिर्ता बोलाउने तयारी भैरहेको अवस्थामा त्यहाकै प्रहरी र सैनिकलाई अहिले तालिम दिनथालिएको छ जसमा महिला प्रहरी पनि समावेश छन।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment