रुसी राष्ट्रपति व्लाजिदिर पुचिन र भारतक प्रधानमन्त्री मनमोहन सिंहबीच अफगानिस्तान लगायत यस क्षेत्रको सुरक्षा स्थितिका बारेमा छलफल भएको छ। रुसी राष्ट्रपति पुचिन भारतको एक दिने भ्रमणका लागि आजे नयाँ दिल्ली पुग्नुभएको हो।
श्री पुचिनको भारत भ्रमणका क्रममा आज ती दुइ देशबीच दुइ दसमलव नौ अर्ब डलर बराबरको सुरक्षा सम्झौतामा सही भएको छ। सम्झौताअनुसार भारतले रुसबाट बयालीसवटा सुखोइ (सु-30) लडाकु बिमान, र एकहत्तरवटा मि-17 हेलिकप्टर खरिद गर्ने छ।
रुस धेरै पहिलेदेखि भारतको प्रमुख हतियार अपुर्तिकर्ता रहदैआएको छ, तर केही महत्वपूर्ण बन्द-ब्यापारमा उसले पश्चिम युरोपेली कम्पनीहरुबाट घाटा सहनुपरेको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment