Friday, December 28, 2012

काम गरिखाने मानिसहरुलाई सारै कठिन भएको छ।


यस प्राधिकरणको मनपरीतन्त्रका कारण यसैमा आधारित भएर काम गरिखाने मानिसहरुलाई सारै कठिन भएको छ। 

बुधबार बेलुकि सात बजे आउनुपर्ने विजुली आयो, खुशी भएर काम गर्न बसें। चालिस/पैचालिस मिनेटपछि झ्याप्प निभाइदियो। फेरि चालिस/पैचालिस मिनेटपछि दियो। 

बिहिबार आठ बजे बेलुकि आउनुपर्ने विजुली आयो, अलिकति भए पनि कम गर्नुपर्यो भनेर कम्पुटर खोलें। चालिस/पैचालिस मिनेटपछि फेरि झ्याप्प निभाइदियो। फेरि चालिस/पैचालिस मिनेटपछि दियो। 

अहिले शुक्रबार विहान नौ बजे जानुपर्ने बत्ति पौने आठै बजे निभाइदियो, फेरि पाँच मिनेटपछि दियो। 

किन यसरी बत्ती निभाएको भनी 'नो लाइट' शाखामा फोन गर्दा ट्रीप गएको भनेर सजिलो उत्तर दिन्छन। नेपालको सबैभन्दा बढी राजस्व बुझाउने नेपाल विद्युत प्राधिकरण जस्तो संस्थाले दिनमा कयौं पटक चिप्लिने यस्ता यन्त्रहरु बदल्न किन सक्दैन? या त यो नै यसको 'कमाइखाने भाँडो' हो?

कस्तो ब्यथिति हो यो? मनपरी गर्दैमा ठूलो भइन्छ कि क्या हो?!

No comments:

Post a Comment