Friday, December 28, 2012

नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्ला?


नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्ला? नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने संस्थामध्येको एक यस संस्थाको व्यवहारदेखि यसका ग्राहकहरु आजित भैसकेका छन। तथापि, नेपालको राजनीतिक संस्कारका कारण यस्ता मानिसहरु एक जुट हुनसकेका छैनन, जसका कारण यसको सम्पूर्णता जोगिएको छ (तथापि भक्तपुरका केही सजग नागरिकले भने कुनै सङ्केत दिइसकेका छन् है)

यस विद्युत प्राधिकरणले बनाएको भार सम्प्रेषण तालिकाअनुसार मात्र नभई यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन। यस देशका भ्रष्ट शासकहरुले एउटा ब्यापारी/साहुको गाडीले मान्छे किचेर मार्दा समेत नगन्य मूल्य चुकाएर मुक्त हुने व्यवस्था गरेका छन, तर सर्बसाधारण नागरिकले आफ्नो 'पेट काटेर' भए पनि सूचना र मनोरंजन हासिल गरौँ भनेर किनेको टेलिभिजन, कम्प्युटर जस्ता उपकरणहरु विद्युत प्राधिकरणको मनपरीतन्त्रका कारण जल्दा त्यसको क्षतिपूर्ति दिनुपर्ने कानून बनाउनआवश्यक ठानेका छैनन। 

यस संस्थाका कर्मचारीहरु आफ्नै संस्थाले बनाएको समय-तालिकाको पालना आफै गर्न सक्दैनन। विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहन्छन जसका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, यिनलाई थाहा छैन, काननूनको अभावमा। 

यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं। 

No comments:

Post a Comment