मानिसले आफ्नो हेसियत के हो भन्ने भन्ने कुरा थाहा थाहा पाउन नसक्दा राष्ट्रपति रामबरण यादवको जस्तै हालत हुन्छ। उहाँले आफू नेपालको राष्ट्रपति भएको कुरा बिर्सनुभयो, र सम्झिनुभयो आफूलाई नेपाली कांग्रेसको सदस्य मात्र। त्यसैले उहाँ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निबास पुग्नुभयो, उहाँसङ्ग 'शिष्टाचार' भेट गर्न।
नेपालका प्रधानमन्त्रीलाई शितल निवास बोलाउने राष्ट्रपति यादवले भारतीय प्रधानमन्त्रीलाई, शायद, आफूभन्दा ठूलो देख्नुभयो। त्यसैले पुग्नुभयो, मनमोहन संघको निवासमा।
नेपालको राष्ट्रपति भएको पाँचौं वर्षसम्म पनि उहाँले नेपाली कांग्रेसको सदस्यभन्दा एक रती पनि माथिको आफूलाई सम्झनुभएको रहेनछ। मान्छे ठूलो भएर के गर्ने, मानसिकतामा परिवर्तन नआएपछि? नेपाली नेताहरुको मानसिक स्तर बुझेरै होला, शायद, टाइम्स अफ इन्डियाले पनि नेपाली राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई भेटेको समाचारलाई कतै स्थान दिएको छैन, बरु भारतीय राष्ट्रपतिका छोरा एवम जंगिपुरबाट कांग्रेसका सांसद अभिजित मुखर्जीले सामूहिक बलात्कारका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका कारण सिर्जित अवस्था र उहाँले माफी माग्नुभएको समाचार प्रकाशित गरेकोछ।
प्राप्त समाचारमा जनाइएअनुसार, राष्ट्रपति यादवले पहिले भारतीय प्रधानमन्त्रीसङ्ग औपचारिक वार्ता गर्नुभयो, त्यसपछि भारतीय प्रधानमन्त्रीद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभयो। राष्ट्रपतिका सूचना सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभएअनुसार, राष्ट्रपति यादव र भारतीय प्रधानमन्त्री बीचको वार्ता स्थलको निर्णय आफ्नो सुविधानुसर गर्न भारतीय अधिकारीहरुलाई अनुमति दियिएको थियो।
राष्ट्रपति यादवको भ्रमण दलमा सहभागी अन्य सदस्यहरुले यस विषयलाई आफूहरुले 'गम्भीर रुपमा नलिएको' बताए पनि यो विषय प्रतिष्ठाको हो। कुरा जेसुकै भए पनि, यदि यो घटना सही हो भने, यसले नेपाललाई होच्याउने बाहेक अर्को कुनै राम्रो काम नगरेजस्तो लाग्छ!
तस्विर सौजन्य: नेपालन्युज.कम
No comments:
Post a Comment