मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ। बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सिताराम अग्रवाललाई नियुक्ति गरेको छ भने गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीको राजनीनामा स्विकृत गरेको छ ।
मन्त्रिपरिषदको आजेको बैठकले प्रधान सेनापती गौरवशमशेर राणाको यही पुस बाइसदेखि माघ दुइ गतेसम्म हुनलागेको भारत भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
बैठकले नेपाल-भारत पारवाहन सन्धि नविकरणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीलाई अख्तियारी दिने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले गाउँ विकास समितिका सचिवलाई मासिक एक हजार पाँच सय रुपियाँ अतिरिक्त भत्ता दिने निर्णय पनि गरेको छ।
त्यस्तै, विदेशबाट फर्किंदै गर्दा त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएकी महिलालाई तत्काल एक लाख पचास हजार रुपियाँ राहत प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।
No comments:
Post a Comment