जापानमा आज आम निर्वाचन अन्तर्गत मतदान भैरहेको छ। निर्वाचनमा उदारवादी प्रजातान्त्रिक पार्टीका शिन्जो आबेले प्रजातान्त्रिक जापान पार्टीका नेता एवम् वर्तमान प्रधानमन्त्री योशिहिको नोड़ालाई पराजित गर्ने सम्भावना रहेको बताइएको छ।
आबेको मध्य-दक्षिणपन्थी उदारवादी प्रजातान्त्रिक पार्टीलाई प्रजातान्त्रिक जापान पार्टीले सन् दुइ हजार नौको आम निर्वाचनमा पराजित गरी सो दलको पचास वर्शभंदा लामो एकछत्र शासनको अन्त्य गरेको थियो।
यसअघि जापानका प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका आबेले आफ्नो विर्वाचन अभियानको नारा बढी सार्बजनिक खर्च र बढी जिम्मेवार विदेश नीति बनाउनुभएको छ।
जापानमा राजनीतिप्रतिको मोह-भंगीका कारण अधिकांश मतदाताहरु अनिर्णित अवस्थामा रहेको स्थानीय संचार माध्यमहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment