राष्ट्रपति रामबरण यादवले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको साझा उम्मेदवार छान्न दलहरुलाई लगातार चौथो पटक दिनुभएको समयावधि पनि भोलि सोमबार सकिंदैछ। 'यस समयावधिलाई अन्तिम समयावधि बनाउन' राष्ट्रपतिले गर्नुभएको आग्रहलाई मान्न दलहरु कति सक्षम छन, यसको टुंगो भोलि लाग्नेछ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति समक्ष व्यक्त गर्नुभएको पछिल्लो विश्वासले भने मुलुक सहमतितर्फ अघि बढेको संकेत गर्दछ।
राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा आज विहान भेट गरेपछि अध्यक्ष दाहालले दलहरुबीचको छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिनुभएको छ। यो जानकारी सधैको जस्तो जानकारी नबनोस, एकजना सजग नागरिकका हैसियतले यहीँ मेरो कामना छ।
कांग्रेस, एमाले, मधेसी मोर्चा र अन्य दलहरुसँगको छलफल सहमति नजिकतिर जाँदैछ भन्ने आफूले बुझेको राष्ट्रपतिसंगको भेटपछि संचारकर्मीहरुसङ्ग कुरा गर्दै दाहालले भन्नुभयो। 'सकभर भोलि बेलुकिसम्म टुंगो लगाउनेतिर गएका छौं, अब देश सहमतितिर गयो,' दाहालले भन्नुभयो।

राष्ट्रपति यादवसङ्ग आइतबार नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले पनि भेट गर्नुभएको छ। भेटका बेला के के कुरा भयो भन्ने बारेमा गच्छदारले भने सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिनुभएन।
तस्विर साभार: इकान्तिपुर
No comments:
Post a Comment