Friday, November 2, 2012

चालकलाई जिम्मेवार बनाऊ

वर्षा याम  सकिनैलाग्दा विभिन्न स्थानमा सवारी दुर्घटनाको संख्या बढ्दो छ । विशेषगरी यात्रुवाहक बसहरुको दुर्घटना क्रम बढ्दो छ। भदौ २४ गते पाल्पाको रिडी-तम्घास सडक खण्डमा बस खस्दा १३ जनाको मृत्यु भयो भने दुई दिनपछि राति ११ बजे कालिकोट, मान्माको विर्तामोडमा बस तिला नदीमा खस्दा २८ जनाको मृत्यु भयो । यात्रुवाहक बस दुर्घटना हुने एउटा कारण चालकहरूको चरम लापरबाही हो । क्षमताभन्दा बढी यात्रु बसमा राख्नु, बस व्यसायीहरूको तीव्र प्रतिस्पर्धा, मादक पदार्थ सेवन, खलासीले बस चलाउनु, चालकलाई भौगोलिक सडकको कम जानकारीजस्ता कुराले सवारी दुर्घटना बढाएको छ । बस व्यवसायी वा सञ्चालक समितिहरूले बस चालकलाई सतर्क गराउन र लापरबाही गर्ने चालकहरूलाई उचित कारबाही  गर्नु आवश्यक छ । 

No comments:

Post a Comment