गुल्मी, कार्तिक १५ -
रेसुंगा बहुमुखी क्याम्पसको शैक्षिक विकासका लागि बुधबारदेखि तम्घासमा सुरु गरिएको महायज्ञको पहिलो दिनमै ५८ लाख रुपियाँ संकलन भएको छ । आर्थिक उप-समितिका सचिव गोविन्द गौतमका अनुसार संस्थागत र व्यक्तिगत गरेर ५८ लाख ५५ हजार ८ सय ३४ रुपैयाँ संकलन भएको छ । 'आज उद्घाटन मात्र भएकाले सबै रकमको घोषणा भोलि हुन्छ', गौतमले भने, 'पहिलो दिन संस्थागत रकम बढी संकलन भएको छ ।'
संस्थागत रूपमा जिविसले ३० लाख, गुल्मी उद्योग-वाणिज्य संघले ५ लाख, तम्घास गाविसले ५ लाख, क्याम्पसका प्राध्यापक तथा कर्मचारीले ८ लाख र जिल्ला प्रशासनका कर्मचारीले ११ हजार प्रदान गरेका हुन् । त्यस्तै क्याम्पसकै कार्यालय सहयोगी हिमलाल कँडेलले १ लाख १ र अर्खले ७ का खुमानन्द गौतमले ५१ हजार १ सय ११ रुपैयाँ चन्दा दिने घोषणा गरेको आर्थिक संकलन उपसमितिका संयोजक दुर्गाचन्द्र बोहराले बताए ।

No comments:
Post a Comment