Tuesday, December 25, 2012

पप गायिका रिहान्नाद्वारा बार्बाड़ोसको एक अस्पताललाई सत्र लाख पचास हजार डलर दान


पप गायिका रिहान्नाले आफ्नी बजेइको स्मृतिमा बार्बाड़ोसको एक अस्पताललाई सत्र लाख पचास हजार डलर प्रदान गर्नुभएको छ। 
चौबिस वर्षिया रिहान्नाले दिनुभएको यस दानको रकम बार्बाड़ोस अस्पताललाई आवश्यक तीनवटा उपकरण किन्न प्रयोग गरिने छ जसलाई उहाँले आफ्नो जन्म-भूमिको ऋण चुकाउने तरिकाका रुपमा व्याख्या गर्नुभएको छ। 
यस सहयोगले बार्बाड़ोसका बासिन्दाहरुमा ठूलो असर पार्ने विश्वास आफूले गरेको कुरा बताउंदै रिहान्नाले यस सहयोगको उद्देश्य मानिसहरुको जीवन बचाउनु, अथवा कम्तिमा उनीहरुको जीवन लम्ब्याउनु हो भन्नुभयो। 
गत जुन महिनामा दिबंगत हुनुभएकी रिहान्नाकी बजेइ क्लारा लामो समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो।   तस्विर सौजन्य: बिबिसी

No comments:

Post a Comment