Tuesday, December 11, 2012

कक्षा एघारको परीक्षाफल आज प्रकाशित


उच्च माध्यमिक शिक्षा परिषदले गत वैशाख-जेठ महिनामा संचालित कक्षा एघारको परीक्षाफल आज प्रकाशित गरेको छ । यसअघि, परिषदको कार्यालय सानोठिमीमा बसेको परीक्षा समितिको बैठकले कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। 

परीक्षामा सम्मिलित नियमिततर्फका कुल दुइ लाख त्रियासी हजार तीन सय उनान्साठी परीक्षार्थीमध्ये एक लाख चौध हजार उन्नाइस परीक्षार्थी उत्तिर्ण भएका छन जो कुल परीक्षार्थीको चालिस दशमलव तीन आठ प्रतिशत मात्र हो ।


तथापि, यो परिणाम गत वर्षको तुलनामा शून्य दशमलव छ दुइ प्रतिशतले बढी हो। गत वर्ष ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । परीक्षामा अनियमितता गर्ने दुइ सय उनानब्बे परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने चौधजनाको  परीक्षाफल स्थगित गरिएको जानकारी परिषदले दिएको छ। 
यसैगरी, आंशिकतर्फ कुल एक लाख अन्ठाउन्न हजार छ सय उनानब्बे परीक्षार्थीमध्ये एकाउन्न हजार पाँच सय पच्चीस परीक्षार्थी उत्तिर्ण भएका छन् । 
यसैबीच, नियमिततर्फ कुनै एउटा विषयमा असफल हुने विद्यार्थीको मौका परीक्षा पुस अठ्ठाइस गते हुने जानकारी उच्च माध्यमिक शिक्षा परिषदले दिएको छ


No comments:

Post a Comment