एसियाले सन दुइ हजार तीससम्ममा विश्वमा अमेरिका र यूरोपको संयुक्त शक्तिभन्दा बढी (शक्ति) हासिल गर्ने भविष्यवाणी अमेरिकी बौद्धिक समुदायले गरेको छ।
राष्ट्रपति ओबामाको दोश्रो अवधिका लागि निर्बाचन लगत्तै सार्बजनिक गरिएको 'विश्वब्यापी प्रवृत्ति 2030' नामक प्रतिवेदनमा आगामी दुइ दसकमा अमेरिकलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने कुरा उल्लेख गरिएको छ।
उमेर पुगेका अशक्त नागरिक बढी हुनेभएका कारण विकसित देशहरुको आर्थिक वृद्धि मन्द हुने र जीवन स्तर पनि घट्ने चेतावनी सो प्रतिवेदनमा दिइएको छ।
हरेक चार वर्षमा प्रकाशित गरिने यस प्रतिवेदनमा 2030 सम्म एसिया जनसंख्या, कुल गार्हस्थ्य उत्पादन, सैनिक खर्च प्राविधिक क्षेत्रमा लगानी आदि हरेक दृष्टिकोणले विश्वमा अग्रस्थानमा रहनेछ।
No comments:
Post a Comment