
बेलायतबाट प्रकाशित हुने सन्डे पिपल्स न्युस्पेपरलाई दिएको अन्तर्वार्तामा उनले 'हामी हाम्री छोरीको वास्तविक नाम विश्वले थाहा पाओस भन्ने चाहन्छौं। मेरी छोरीले कुनै गलती गरेकी छैनन। उनि आत्मरक्षा गर्दागर्दै मारिएकी हुन। उनको नाम सार्बजनिक हुँदा यस्ता आक्रमणमा परेका अन्य महिलाहरुलाई साहस मिल्ने छ।'
एकजना मन्त्री शशी थरूरले ती युवतीको नाम सार्बजनिक गर्न सम्बन्धित अधिकारीहरु समक्ष माग गर्नुभएको छ ताकि उनको नाम बलात्कार बिरोधी नयाँ कानूनमा प्रयोग गर्न सकियोस।
भारतीय कानूनले यौन अपराधको शिकार भएकाहरुको नाम सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment