चीनको सबैभन्दा ठूलो अंग्रेजी भाषाको दैनिक पत्रिका चाइना डेलीले अफ्रीका संस्करण शुरु गरेको छ। डिजिटल रुपमा पनि आउने यस साप्ताहिकले अफ्रीका संस्करण शुरु गर्नुको उद्देश्य चीन र अफ्रिकी महादेश बीचको सम्बन्धका बारेमा ब्याख्या गर्नु रहेको जानकारी त्यसका प्रकाश एबम् सम्पादक चू लिङ्गले दिएकाछन।
चीन र अफ्रिकी मदेश बिचको सम्बन्ध अहिलेको विश्वमा सबैभन्दा महत्वपूर्ण रहेको कुरा सम्पादक चूले बताउनुभएको छ।
चाइना डेली अफ्रिकी संस्करण केन्याको राजधानी नैरोबीबाट प्रकाशित हुनेछ। चीनको केन्द्रीय टेलिविजन- सिसिटिभी र सिन्ह्वा समाचार संस्थाले अफ्रीका क्षेत्रमा आफ्नो गतिबिधि शुरु गरिसकेका छन।
टेली-संचार र निर्माणका क्षेत्रमा लगानीलगायत अफ्रिकामा चीनको आर्थिक भूमिका बढ्दो छ। केन्याका संचार मन्त्री सामुएल पोघिसिओले चीन र अफ्रीका बीच झन् राम्रो सम्बन्ध र समझदारीका लागि यस साप्ताहिकले अरु राम्रो मंच प्रदान गर्ने कुरा बताउनुभएको जानकारी स्थानीय संचार माध्यमहरुले दिएका छन्।
तस्विर सौजन्य:चाइना डेली
No comments:
Post a Comment