अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनमा संचालित स्यान्डी हुक इलिमेन्टरी स्कुलमा एक युवकले जथाभावी गोली चलाउँदा बीसजना केटा-केटीसहित सत्ताइसजनाको ज्यान गएको छ।
दुइवटा अर्ध-स्वचालित पेस्तोलले छब्बीसजनाको ज्यान लिएपछि एडम लेन्ज नामका बीस वर्षीय ती युवकले आफैलाई गोली हानेका थिए। दुइवटा कक्षामा गएर उनले अन्दाधुन्ध गोली चलाएको जानकारी प्रहरीले दिएको बिबिसीले जनाएको छ।
गोली चलाउने एडमकी आमा, त्यसै विद्यालयकी शिक्षिका नान्सी लानजालाई गोली हानेर उ विद्यालयतिर लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
अमेरिकामा भएको यस प्रकारको यो दोस्रो ठूलो हत्याकाण्ड हो। सन् २००७ मा भर्जिनियामा यस्तै हत्याकाण्डमा परी ३३ जनाले ज्यान गुमाएका थिए।
दुइवटा अर्ध-स्वचालित पेस्तोलले छब्बीसजनाको ज्यान लिएपछि एडम लेन्ज नामका बीस वर्षीय ती युवकले आफैलाई गोली हानेका थिए। दुइवटा कक्षामा गएर उनले अन्दाधुन्ध गोली चलाएको जानकारी प्रहरीले दिएको बिबिसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति वाराक ओवामाले आँसु चुहाउँदै यस हत्याकाण्डले आफूलाई विक्षिप्त पारेको प्रतिक्रिया दिनुभएको छ।
अमेरिकामा भएको यस प्रकारको यो दोस्रो ठूलो हत्याकाण्ड हो। सन् २००७ मा भर्जिनियामा यस्तै हत्याकाण्डमा परी ३३ जनाले ज्यान गुमाएका थिए।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment