चीनले पूर्वी चिनियाँ समुद्रको विवादित क्षेत्रमाथि आफ्नो दाबी पुष्टि गर्ने विस्तृत विवरण राष्ट्र संघसमक्ष प्रस्तुत गरेको छ। त्यस विवरणमा चीनले निश्चित भौगोलिक अवस्थितिले चीनको सीमा-क्षेत्र जापान नजिकै रहेका द्वीपहरुको समूहसम्म फैलिएको पुष्टि गर्ने तर्क प्रस्तुत गरेको छ।
भूगर्भशास्त्रीहरुको राष्ट्र संघीय आयोगले चीनको दाबीको अध्ययन गर्ने तर विवादित क्षेत्रको स्वामित्वका बारेमा निर्णय गर्नसक्ने अधिकार भने त्यससङ्ग नभएको बताइएको छ। चीनमा त्याओयु र जापानमा सेंकाकु भनिने त्यस द्वीप समूहमाथि चीन र जापान दुबैले धेरै अघिदेखि दाबी गर्दैआएक छन।
त्यति बेलादेखि चिनियाँ पानी जहाजहरु त्यस द्वीप समूह वरपरबाट ओहरदोहर गर्ने गरिरहेकछन जसका कारण जापान आक्रोशित भैरहेको छ। चिनियाँ सरकारी हवाईजहाज त्यस द्वीप समूह नजिकैबाट उडेपाछि गत बिहिबारदेखि ति दुइ देशबीच फेरि अर्को दोहरी शुरु भएको छ। प्रतिरोधमा जापानले त्यहाँ लडाकु विमान पठायो। र दुबैले एक-अर्कामाथि एक-अर्काको हवाई सीमाको उल्लङ्घन गरेको आरोप लगाए।

त्यस द्वीप समूहका तीनवटा टापू तीनका जापानी उपयोगकर्ताबाट गत सेप्टेम्बर महिनामा जापान सरकारले किनेपछि तनाव फेरि बढेको छ, जसका कारण चीनका कयौं शहरहरुमा सार्वजनिक प्रदर्शनहरु गरिएकाछन।

राष्ट्र संघमा प्रस्तुत गरेको दाबी-विवरणमा चीनले 'आकृतिनिरुपण र भौगोलिक लक्षणले पूर्वी चिनियाँ समुद्रमा रहेका ती द्वीपहरुको प्राकृतिक विस्तार चिनियाँ भू-सिमानासङ्ग निकट रहेको स्पष्ट पार्दछ' भनिएको छ।
तस्विर सौजन्य: बिबिसी/एएफपी
तस्विर सौजन्य: बिबिसी/एएफपी
No comments:
Post a Comment