प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार
262
shares
|
-भरत दाहाल
चिनियाँ रेलको महत्वलाई विषयान्तर गर्ने दलाल प्रयास, रेलको महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
रक्सौलबाट काठमाण्डूसम्म ईण्डियन रेल ल्याउने घोषणा हुँदा ईण्डो-पश्चिमा दलालहरु गद्गद थिए, कसैको मूखबाट विरोधको स्वर निस्केन। अहिले चिनियाँ रेलले काठमाण्डू जोड्ने विषय तय हुन थालेपछि विभिन्न रुपरंगमा संगठित गरिएका एजेन्टहरु अघोर ‘देशप्रेम’ले बौलाउनै थालेका छन्। कतिपयको हौवा छ ‘ऋणको पासो’मा फस्ने खतरा। कतिपय भिजनरी ठहरिएर बक्बकाउँदैछन् कि नेपालको प्राथमिकता रेल नभएर सडक यातायात हो। यीनीहरुले नेपालीहरुलाई पढाउनु पर्दैन।
हाम्रो भनाई छ: ईण्डो-पश्चिमा अत्याचारलाई अन्त्य गर्नका लागि पहिलो प्राथमिकता चिनियाँ रेल हो। यसको महत्व ईण्डियन घेराबन्दीबाट नेपाललाई मुक्त गर्ने प्रश्नसंग जोडिएको छ। नेपाललाई समुद्रसम्मको बाटो नदिएर ४ पटक नाकाबन्दी लगाएको कुरा किन गर्दैनन् एजेन्टहरुले ? यसको महत्व पश्चिमा साम्राज्यवादीहरुको हस्तक्षेपलाई बन्द गर्नुमा छ। यो सबै काम त्यो बेला मात्र संभव हुन सक्छ, जब बिआरआई मार्फत् नेपाल विश्व समुदायसंग जोडिने आधार बन्दछ। रेलकाे महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
बिआरआई मार्फत् नेपाल विश्व समुदायमा प्रवेश पाउन थालेको अवस्थाबाट दलालहरु विक्षिप्त छन्। चिनियाँ रेल ल्याएर मात्र देशको विकास हुँदैन र विकासका लागि आफ्नो उत्पादन गर्नु पर्छ भन्ने कुरा तिनीहरुलाईभन्दा हामीलाई बढी थाहा छ। बिआरआई अवसर हो, चिनियाँ रेलले यसको ढोका खोल्छ। दलालहरुको चिन्ता नेपालमा ईण्डो-पश्चिमा साम्राज्यवादीहरुको नव-औपनिवेशिक अत्याचार अन्त्य हुन लाग्यो भन्ने कुरासंग जोडिएको छ। यीनीहरुको छट्पटाहटले समयको गती रोकिन्न।
ईण्डो-पश्चिमा दलालहरुको छटपटीले जन्मिएको नयाँ अर्थ-राजनीतिक अवधारणा ‘ऋणकाे पासाे’
अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको शोषण, अत्याचार र ब्यापारघाटाले नेपालको टाट उल्टिंदासम्म ‘ऋणको पासो’ भन्ने पदावलि पहिले कहिल्यै कसैका मुखबाट सुनिएको थिएन। जब नेपाल र चीनका बिचमा trans-himalayan multidimensional connectivity network मा सहमति भयो र यसलाई बिआरआईको अभिन्न अङ्ग बनाएर चिनियाँ रेलमार्गबाट नेपाललाई जोड्ने कुरा आयो, तब यूरो-अमेरीकि स्कूलिङले ‘ऋणको पासो’ भन्ने पदावलीको आविष्कार गर्यो। अमेरीकि साम्राज्यवादीहरुले पहिलो पटक उच्चारण गरेको यो पदावली सिआईए, रअ र यूरोपीयन यूनियनका मानस पुत्रहरुका लागि थेगो बन्न पुग्यो।
नेपालीहरुलाई तर्साउन खटाईएकाहरुले विश्वबैंक, एशियाली विकास बैंक, अमेरीका, यूरोपीयन र ईण्डियनहरुले नेपालमाथि बोकाएको ऋणको भार कति छ भन्ने यथार्थता कहिल्यै खोल्न चाहेनन्। एक जना नेपाली नागरिकका टाउकामा बण्डा परेको झण्डै ४० हजार रुपैयाँको भार ईण्डो-पश्चिमा मुलुक र तिनका बहुराष्ट्रिय कम्पनीहरुले थोपरेको भार हो भन्ने कुरा सँधै लुकाएर बसे। अहिले यी निम्न कोटीका साम्राज्यवादी चाकरहरुका मनमा नेपालको चिन्ता जागृत भएको छ किनकि बिआरआईले यहाँका दलालहरुका पालनपोषणकर्ता साम्राज्यवादीहरुको एकाधिकारवादी अत्याचारलाई नेपालबाट विदा गर्ने आधार बनाउँदैछ।
संकटले कसैलाई छद्म आवरणमा लुकिरहन अनुमति दिंदैन। जसरी घोषित रुपमा कांग्रेस-बाबुरामहरु र अघोषित रुपमा अन्य दलको खोलमा लुकेका अपराधिहरुले नेपाल विश्व सञ्जालमा जोडिने प्रकृयाको विरोधमा उत्रिनु पर्ने र सहमतिका लागि निर्णय भैसकेको सुपुर्दगी सन्धिलाई रेण्डी बेरीको दबाबपूर्ण निर्देशनमा रोक्नु पर्ने अवस्था आयो, त्यसैगरी चिनियाँ राष्ट्रपतीको भ्रमणपछि नेपाली र गैर-नेपाली दलाल कित्ता तथा ईण्डो-पश्चिमा धुरी र सिनो-रसियन धुरीका बिचको ध्रुविकरण तिब्र भएर जानेवाला छ। नेपाललाई नर्कको आहालमा डुबाएर ‘ऋणको पासो’को कथा वाचन गर्ने देश विरोधि कुतत्वहरुसंग लड्न अब नेपालीहरु एक जुट हुनु पर्दछ।
No comments:
Post a Comment