Sunday, November 1, 2020

रअ र ईण्डियन सेनापतिको भ्रमण नेपालको समस्यासंँग सम्बन्धित छैन

अढाई महिना अघि सुरु भएको यो नाटक चीन घेर्ने रणनीतिको अंग हो

२ दिनपछि ईण्डियन स्थल सेनाध्यक्ष नेपाली सेनाको मानार्थ सेनापतिको सलामी लिन नेपाल आउँदैछन्। विदेशी सेनापतिलाई आफ्नो सेनापति बनाएर देशका नागरिकहरुलाई विदेशी फौजमा भाडामा प्रयोग गराउने दलालहरुको गुलाम नीति नयाँ होईन। तर ईण्डियाले गरेको भूमी अतिक्रमणका विरोधमा नेपालमा चर्को घृणा फैलिएको र नक्शा विवादपछि संवाद नै बन्द भएको अवस्थामा नक्शाको विवादलाई नेपालले चीनको उक्साहटमा उचालेको आरोप लगाउने व्यक्तिलाई सेनापतिको सलामी खान निम्ता पठाउनुको कारण अर्कै छ।
अहिले एशियाली देशहरुमा अमेरीकी विदेश मन्त्री र रक्षा मन्त्रीहरुले 'कि चीनसंग कि हामीसंग युद्ध मोर्चामा सामेल होऊ, बिचमा बस्न पाईंदैन' भनेर धम्काउँदै हिंडेका छन्। श्रीलंका, मालदिभ्स, भियतनाम, ईण्डोनेशिया लगायतका देशहरुमा उनीहरुले यही कुरा गरे। नेपालमा अमेरीकीहरुको भ्रमण तालिका नभएको हुनाले अमेरीकीहरुले यहाँका दलालहरुसंग यही कुरा गरेर ईण्डिया मार्फत् ईण्डिया मार्फत् गराउँदै आएका थिए। चीनका विरुद्धमा एक ठाउँमा उभिनेबारे ओली र मोदीका बिचमा गत अगस्त १५ मैं कुरा सुरु भएको थियो।
ओली र मोदीका बिचको कुरापछि कर्मचारी र सेनाको तहमा कुराहरु भए। 'रअ' का प्रमूखको विज्ञापन शैलीको भ्रमण यसैको सार्वजनिक रुपमा जानकारी दिएर चीनलाई सन्देश दिनका लागि मात्र भएको छ। 'रअ' प्रमूखसंग सारभूत रुपमा २ वटा विषयहरुमा कुरा भएको छ। एउटा विषय हो, अन्तर्राष्ट्रिय ध्रुविकरणमाचीनका विरुद्ध ईण्डो-पश्चिमा शिविरमा उभिने र दोश्रो हो, कालापानीलाई अन्तर्राष्ट्रिय सैन्य तालिम केन्द्रका रुपमा परिणत गरेर चीनको सिमानामा अमेरीकन, ईण्डियन र यूरोपीयन सेनाहरु स्थायी रुपमा बस्ने वातावरण बनाउने।
'रअ' का प्रमूख र ईण्डियन सेनापतिको भ्रमण सिमा विवादसंग कतै पनि जोडिएको छैन भन्ने तथ्य ईण्डियन पक्षबाट स्पष्ट पारिसकिएको छ। 'रअ' का प्रमूख र सेनापतिको भ्रमण दिल्ली वा ओलीको पहलमा भएको होईन। यो अमेरीकी पहलमा भएको हो र अमेरीकी सेनाको निर्देशनमैं यहाँको सेनाले आफ्नो देशमाथि बुट बजारेर बसेको एउटा अपराधिलाई निर्लज्ज रुपमा सलामी दिन तयार भएको हो। यी दलालहरुको यो अपराध यीनीहरु ईण्डो-पश्चिमा सैन्य मोर्चामा सामेल भएर चीन र रुसका विरुद्धमा जाने मानसिकताको सन्देश हो।
– भरत दाहालकाे फेसबुक भितुताबाट

No comments:

Post a Comment