न महिला, न पुरुष कसैले कसै विरुद्ध पनि हिंसात्मक गतिविधि गर्नु हुँदैन। यसमा कसैको पनि ऐक्यबद्धता हुनैपर्छ।
यो एक्काइसौँ सताव्दीमा पनि मानव सांस्कृतिक हिसाबले जति जति अघि बढ्दैछ, त्यति त्यति केही मानिसमा देखापर्नलागेको हिंश्रक प्रवृत्तिले मानव समाजलाई नै कलंकित बनाइरहेको देखिन्छ। यस्तो अवस्थामा यस्ता प्रवृत्तिहरूको विरोध गर्नुपर्छ, महिला पुरुष सबै मिलेर।
महिलामाथि हिंसा भैरहेको छ, महिलाले नै विरोध गरुन भन्नेजस्तो स्वार्थी भावना पालेर पुरुषहरुले पनि पन्छिने प्रयास गर्नु हुँदैन। भाषण गर्दा महिला र पुरुष एकै रथका दुइ पांग्रा भन्न रुचाउने हामी नेपालीले महिला विरुद्ध हिंसा पनि गर्ने, अनि विरोध गर्ने जिम्मा पनि उनीहरुको काँधमा नै छोडिदिने गर्दा अवश्य अन्याय हुन्छ।
महिलाहरुले पनि विरोधको नाममा विरोध गर्ने, यस्ता विरोधलाई पनि राजनीतिक उद्देश्य पुरा गर्ने माध्यम बनाउने, आफ्नो प्रचारको साधन बनाउने र प्रधानमन्त्रीको ढोका अगाडि मात्र बसेर संचार माध्यमहरुको ध्यान आकृष्ट गर्ने प्रयास गर्नुहुँदैन। गाउँ-गाउँमा गएर जन-चेतना अभिवृद्धि गर्न सकिदैन भने पनि केही छैन, तर दिन-दिनभरि राजधानीका गल्ली-गल्लीमा घुमेर नारा धन्काउदै बढीभन्दा बढी महिलाहरुलाई सहभागी गराउन र उनीहरुमा चेतना अभिवृद्धि गराउन त सकिन्छहोला, शायद।
देशका टाठाबाठा महिलाहरुले नै महिला दिदी-बहिनीहरु बीच चेतना अभिवृद्धि गर्ने कार्य नगरेर खालि संचार माध्यमहरुको ध्यान पुग्ने स्थानमा धर्ना दिंदैमा, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैमा समस्याको समाधान हुनसक्दैन। बरु धर्ना मात्र बस्ने, घुम्ने आँट छैन भने गृह मन्त्रालय अगाडि, प्रहरी प्रधान कार्यलाई अगाडि, न्यायिक निकाय अगाडि धर्ना दिनुपर्छ, शायद। किनभने प्रधानमन्त्रीले महिला हिंसा रोक्न निर्देशन दिने संस्था तिनै हुन। खास काम गर्ने निकाय कुन कुन हुन् भनेर तिनलाई सिधै दबाब दिंदा बढी प्रभावकारी हुनसक्छ, आन्दोलन वा धर्ना। तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment