प्रधानमन्त्री बाबुराम भट्टराईले बजेटजस्तो दैनिक आवश्यकतासङ्ग जोडिएको विषयलाई राजनीतिक हतियार नबनाउन विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ। रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई आयोजनाका लागि निर्माण गरिने टंकीको आज विहान शिलान्याश गर्दै प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुले बजेटलाई राजनैतिक हतियार बनाएर आर्थिक गतीविधी ठप्प पार्नथालेको आरोप पनि लगाउनुभयो ।
राजनीतिक सहमतिका लागि आफू हदैसम्म लचीलो भएको बताउँदै प्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक गतीविधिलाई नरोकी अन्य विषयमा वादविवाद गर्न प्रतिपक्षी दलहरुलाई आह्वान गर्नुभयो। देश विकासका लागि मानिसका दैनिक आधारभूत आवश्यकता परिपूर्ति गर्ने विषयमा अबरोध नहुने गरी राजनीतिक सहमति हुनुपर्ने विचार ब्यक्त गर्दै प्रधानमन्त्री भट्टराईले बजेट ल्याउन मात्र नभएर सम्पूर्ण विकास कार्यक्रममै राजनीतिक सहमति गर्न आफू तयार रहेको बताउनुभयो ।
No comments:
Post a Comment