सिरियाको राजधानी दमास्कसका अग्रणी धर्माधिकारी मोजा अल-खातिबले राष्ट्रपति बसार अल असदको सरकार विरोधी नयाँ गठबन्धनको नेतृत्व गर्नेभएका छन्। कतारको राजधानी दोहामा भएको प्रतिरोधी गथाबन्धनको बैठकले हालै सिरिया छोडेर पलायन भएका खातिबलाई उक्त जिम्मेवारी दिएको हो। राजधानी दमास्कसको उमायाद मस्जिदका भूतपूर्व सुन्नी मुस्लिम इमाम मोजा अल-खातिब कट्टरपन्थी मुसलमान देखिएनन्।
यसघि, सिरियाली प्रतिपक्षी समुहहरु समूहगत मतभिन्नताहरुलाई एकातिर पन्छाएर एकजुट हुन सहमत भएका थिए। मध्य-पूर्वको समस्या समाधानमा जुटेका अमेरिका लगायतका अन्य पक्षहरुबाट आपसमा विभाजित प्रतिपक्षीहरुलाई एकजुट हुन दबाब परिरहेको अवस्थामा प्रतिपक्षीहरु एकजुट हुन सहमत भएका हुन्।
धर्माधिकारी मोजा अल-खातिबले सिरियालाई ध्वस्त हुनबाट जोगाउनका लागि समस्याको राजनीतिक समाधान खोज्न आह्वान गर्नुभएपछि उहालाई सरकारी पक्षले पटक पटक धरपकड गरेका कारण उहाँ भागेर विदेश पलायन हुनुभएको हो।
No comments:
Post a Comment