Monday, November 12, 2012

चीनले आगामी वर्षको जून महिनामा अन्तरिक्ष यात्री पठाउने


चीनले आगामी वर्षको जून महिनामा अन्तरिक्ष यात्रीसहितको यान शन्चौ-10 अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ। चीनको मानवसहित अन्तरिक्ष कार्यक्रमका उप-प्रमुख निउ हुंग क्वांगले दुइ पुरुष र एक महिला गरी तीनजना अन्तरिक्ष यात्री अन्तरिक्षमा जाने र उनीहरुले अन्तरिक्षमा रहेको थियानकुंग-1 अन्तरिक्ष प्रयोगशालामा प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी शनिबार बेइजिंगमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। 
उनीहरुले अन्तरिक्षमा पन्ध्र दिन बिताउने, र त्यहाँ रहँदा उनीहरुले विभिन्न वैज्ञानिक परिक्षणहरु गर्ने, साथै पृथ्वीमा रहेका दर्शकहरुलाई भाषण पनि दिने  कार्यक्रम रहेको जानकारी पनि उप-प्रमुख निउले दिनुभयो। 
यस कार्यक्रमको सफलताले अन्तरिक्ष प्रयोगशाला र अन्तरिक्ष केन्द्र स्थापना गर्न चीनलाई सबल बनाउने विश्वास उप-प्रमुख निउले व्यक्त गर्नुभयो।  

No comments:

Post a Comment