नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले सहमतिको सरकार छिटै नबनेको खण्डमा संविधान सभाका लागि नयाँ निर्वाचन हुन असम्भव भएको कुरा बताउनुभएको छ। प्रतिपक्षी दलहरुले शनिबार सार्बजनिक गरेको सरकार विरोधी आन्दोलनको व्यावहारिकता सम्बन्धी विषयमा छलफल गर्न कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकपछि संचारकर्मीहरुसङ्ग कुराकानी गर्दै उप-सभापति पौडेलले सो कुरा बताउनुभएको हो।
वर्तमान सरकारले पेश गर्नलागेको बजेटका सन्दर्भमा बोल्दै उप-सभापति पौडेलले राष्ट्रिय एकताको सरकारले मात्र बजेट प्रस्तुत गर्नसक्ने कुरामा नेपाली कांग्रेस स्पस्ट छ भन्नुभयो।
बैठकले आन्दोलनका कार्यक्रमलाई व्यापक जन-परिचालनका माध्यमबाट शान्तिपूर्ण ढङ्गले अघि बढाउने निर्णय गरेको छ। कांग्रेस उप-सभापति पौडेलले प्रस्तावित आन्दोलनलाई प्रभावकारी बनाउने र कार्यविभाजन गरेर जानेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो। आवश्यक परे पार्टी केन्द्रीय समितिको बैठक बसेर त्यसलाई औपचारिकता दिने समेत निर्णय बैठकले गरेको जानकारी पनि उहाँले दिनुभयो।
No comments:
Post a Comment