एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति समक्ष पेश गर्नलागिएको आर्थिक विधेयक (बजेट)का सन्दर्भमा भूतपूर्व अर्थमन्त्रीहरुसङ्ग छलफल गर्नुभएको छ। दाहाल निवास लाजिम्पाटमा आज आइतबार विहान भएको छलफलमा भूतपूर्व अर्थमन्त्रीहरुले सबै राजनीतिक दलहरुसंग सहमति गरेर मात्र बजेट ल्याउन अध्यक्ष दाहाललाई सल्लाह दिनुभयो। सहमति विनाको बजेट प्रस्ताव असंवैधानिक हुने धारणा पनि भूतपूर्व अर्थमन्त्रीहरुले व्यक्त गरे।
छलफल कार्यक्रमपछि संचारकर्मीहरुसङ्ग कुराकानी गर्दै भूतपूर्व अर्थमन्त्री एबम् नेपाली कांगेसका नेता डा रामशरण महतले राजनीतिक दलहरुबीच सहमति विना बजेट ल्याउने सोचमा सरकार नरहेको कुरा बताउनुभयो। छलफलका क्रममा, यसघि संचार माध्यममा आएजस्तो जसरी भए पनि बजेट ल्याउछु भन्ने सोच प्रधानमन्त्री, एनेकपा माओवादीका अध्यक्ष, अथवा राष्ट्रिय योजना आयोगका अध्यक्ष कसैको पनि नभएको आफूले पाएको डा महतले बताउनुभयो। 'सहमतिकै आधारमा बजेट ल्याउनुपर्ने पक्षमा उहांहरु हुनुहुन्छ' डा महतले भन्नुभयो।
भूतपूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता शुरेन्द्र पाण्डेले राजनीतिक सहमति विना ल्याइने बजेट असंवैधानिक हुने विचार व्यक्त गर्दै सहमति विना बजेट नआउने ठोकुवा गर्नुभयो।
अर्थमन्त्री वर्षमान पुनले पनि शीर्ष नेतृत्वबीच बसेर राजनीतिक निर्देशन भए मात्रै बजेट तयारी गर्न सहज हुने बताउनुभयो । 'बजेटको आकार र बजेट आउनुपर्छ भन्ने कुरामा मतभेद देखिएन,' उहाँले भन्नुभयो। आज बस्ने शीर्ष नेताहरुबीचको बैठकले बजेटको वातावरण बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
No comments:
Post a Comment