अष्ट्रेलिया, भाद्र १२ - आप्रवासी नेपालीहरुको सातौं क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा पर्सि बिहीबारदेखि सुरु हुदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको सबै तयारी पुरा भएको आयोजकले बताएको छ ।
प्रत्येक दुईबर्षमा भिन्न भिन्न देशहरुमा हुने क्षेत्रीय सम्मेलनबाट एनआरएनले बिभिन्न नयाँ योजनाहरुको बारेमा छलफल, सञ्चालनमा रहेका योजनाहरुको पुर्नमुल्यांकन गर्नुका साथै एनआरएनको बिभिन्न गतिविधीहरुको समिक्षा गर्ने गर्दछ । यसबर्ष सिड्नीमा हुने क्षेत्रीय सम्मेलनमा एनआरएनले अघि ल्याएको सामुहिक लगानीको बिषयले प्रमुखता पाउने भएको छ । त्यसबाहेक खुल्ला बिश्वबिद्यालय, दोहोरो नागरिकता र बिज्ञान तथा प्रविधि क्षेत्रमा एनआरएनले गर्न सक्ने कार्यहरुका बारेमा बिस्तृत छलफल गरिने भएको छ ।
बिभिन्न ६२ देशका एनआरएन प्रतिनिधीहरुले भाग लिने यो सम्मेलनमा नेपाल तथा अष्ट्रेलियाका उच्च तहका सरकारी अधिकारीहरुको समेत सहभागिता हुने भएको छ । अष्ट्रेलियाबाट अध्यागमन तथा नागरिकता मन्त्री क्रिश बाउन, सासद प्रतिनिधी डा. जेफ ली लगायतका उच्च अधिकारीहरुले सम्मेलनमा सहभागिता जनाउादैछन । नेपालबाट शिक्षा मन्त्री दीनानाथ शर्मा, गभर्नर युवराज खतिवडा, उद्योगी अनिल झा, उद्योग बाणिज्य महासाघबाट कुशकुमार जोशी लगायतको टोलीले पनि सम्मेलनमा भाग लिदैछ ।
कार्यक्रममा एनआरएनका पुर्व अध्यक्षहरु, वर्तमान अध्यक्षका साथै सबै तहका प्रतिनिधीहरुले समेत भाग लिदैछन् । 'हाम्रो सम्मेलनको सबै तयारी पुरा भइसकेको छ । एनआरएनका मिडिया सायोजक महेन्द्र लम्सालले इकान्तिपुरसाग भने- यस सम्मेलनबाट एनआरएनले बिभिन्न गहन बिषयमा छलफल गर्नुका साथै सम्भावनाहरुको पनि खोजी गर्नेछ ।'
एनआरएन ओसियाना संयोजक तथा सम्मेलन आयोजक समितिका संयोजक मन केसीका अनुसार सम्मेलनमा नेपालमा सामुहिक लगानी गर्दा हुने अवसर र चुनौतीका बारेमा सम्मेलनका क्रममा बिस्तृत छलफल गर्नुका साथै नेपाल सरकारले लगानीको चरणमा गर्न सक्ने सहयोग र सहकार्यका बारेमा समेत छलफल गरिनेछ । यसबाहेक सामुहिक लगानी अन्तरगत बिशेष गरेर कुन कुन क्षेत्रमा लगानीको वातावरण सहज हुनसक्छ भन्ने बारेमा समेत छलफल हुनेछ । यसबर्षको सम्मेलनबाट एनआरएनले लगानीको अन्य थप सम्भावना भएका क्षेत्रहरुको समेत खोजी गर्ने भएको छ भने प्रस्ताव गरिएका क्षेत्रहरुमा तत्काल गर्न सकिने कार्यहरुको बारेमा समेत कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीका अनुसार सम्मेलनबाट नेपालमा अष्ट्रेलियाबाट हुनसक्ने सहयोगका बारेमा समेत छलफल हुनेछ । सम्मेलनले नेपालको लगानी र बिकासको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।
एनआरएनको बिभिन्न ६२ देशमा रहेका सदस्य सास्थाहरु सम्मिलित ६ वटा क्षेत्रिय समितिहरु रहेका छन् ।
No comments:
Post a Comment