नेपाल सरकारले राष्ट्रपति रामबरण यादवको सात दिनभित्र सहमतीय सरकार गठन गर्न भनी राजनीतिक दलहरुलाई गरिएको आह्वान असंवैधानिक भएको ठहर गरेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको कदम 'अन्तरिम संविधानको मर्म र भावना विपरित भएको भन्दै राष्ट्रपतिको त्यस आह्वानलाई अस्वीकार गरेको छ।
बैठकपछि पत्रकारहरु माझ बोल्दै सञ्चारमन्त्री राजकिशोर यादवले 'राष्ट्रपतिज्यूले सरकारका विषयमा विगतमा र अहिले चाल्नु भएको कदम दुवै संविधानको भावना विपरीत' भएको कुरा बताउनुभयो।
बैठकपछि पत्रकारहरु माझ बोल्दै सञ्चारमन्त्री राजकिशोर यादवले 'राष्ट्रपतिज्यूले सरकारका विषयमा विगतमा र अहिले चाल्नु भएको कदम दुवै संविधानको भावना विपरीत' भएको कुरा बताउनुभयो।
वर्तमान सरकार व्यवस्थापिका संसदबाट चयन भएको र त्यसैको निरन्तरता भएकाले राष्ट्रपतिले स्वतः पदमुक्ति भन्नु र नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्नु दुवै संविधानसम्मत नभएको मन्त्री यादवले बताउनुभयो। 'राष्ट्रपतिलाई कुनै कार्यकारी अधिकार छैन,' 'राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मात्र कुनै निर्णय गर्न पाउँछन्', उहाँले भन्नुभयो।
सत्तारुढ संघीय प्रजातान्त्रिक गणतन्त्रात्मक गठबन्धनले हिजै आलंकारिक राष्ट्रपतिले सरकार गठन गर्नका लागि पार्टीहरुलाई समय-सीमा तोक्न नसक्ने भन्दै आफ्नो असंवैधानिक कदम सच्याउन राष्ट्रपतिलाई आग्रह गरेको थियो।
No comments:
Post a Comment