पेट्रोलियम पदार्थको उत्पादन र प्रशोधन क्षेत्रको विशाल संस्था- ब्रिटिश पेट्रोलियम (बिपी)लाई केही समयसम्म अमेरिकी सरकारसँग नयाँ सम्झौता गर्न नपाउने गरी रोक्का गरिएको जानकारी अमेरिकी बाताबरण संरक्षण संस्थाले दिएको छ। यो रोकावट कहिलेसम्म लागू रहन्छ भन्ने कुरा थाहा छैन तापनि यसो गर्ने निर्णय सन् दुइ हजार दसमा मेक्सिकोको खाडीस्थित तेल कुवाबाट व्यापकरुपमा पेट्रोलियम पदार्थ पोखिएर भएको क्षतिका कारण बीपीलाई ठूलो जरिमाना गरिएपछि भएको छ।
मेक्सिकोको खाडीस्थित तेल कुवाबाट व्यापकरुपमा पेट्रोलियम पदार्थ पोखिनथालेपछि त्यसलाई रोक्ने सन्दर्भमा बिपीमा व्यवसायिक-नैतिक गुणको अभाव देखिएकाले अमेरिकाले त्यस विरुद्ध कदम चालेको अमेरिकी बाताबरण संरक्षण संस्थाले स्पष्ट परेको छ। तर बीपीले भने त्यस घटनालाई रोक्नका लागि बीपीले चौध अर्ब डलर खर्च गरेको जनाएको छ।
अमेरिकी बाताबरण संरक्षण संस्थाले सार्बजनिक गरेको विज्ञप्तिमा अमेरिकी संघीय व्यावसायिक मापदण्डमा कम्पनी पुगेको पर्याप्त प्रमाण बीपीले प्रस्तुत नगरुन्जेल यो प्रतिबन्ध अर्थात् रोकावट जारी रहने कुरा उल्लेख छ।
तस्विर सौजन्य:बिबिसी
No comments:
Post a Comment