Monday, September 30, 2019

नवरात्रिको दोश्रो दिन अाज शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणिको पूजा अराधना गरिदै


नवरात्रिको दोश्रो दिन अाज हिन्दुधर्मावलम्बीहरू शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणिको पूजा अराधना गरी मनाउँदैछन। भगवती माता ब्रह्मचारिणिको स्वरूप एकदमै तेवस्वी तथा वैभवशाली देखिन्छ। माता ब्रह्मचारिणि प्रेम, वफादारिता, विद्वता, र ज्ञानका प्रतीक हुनुहुन्छ। रूद्राक्षको माला लगाउनुभएकी माता ब्रह्मचारिणिकाे दायाँ हातमा जपमाला छ भने बायाँ हातमा कमण्डलु। ब्रह्मको अर्थ तप अर्थात प्रायश्चित्त हुन्छ। यस मानेमा ब्रह्मचारिणिको अर्थ हुन्छः त्यो जो तपस्या गर्दछ।  

माता ब्रह्मचारिणिको जन्म हिमालयमा भएको हो। प्राचीन मान्यताअनुसार, देवऋषि नारदले माता ब्रह्मचारिणिको विचारलार्इ प्रभावित पार्नुभयो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा शिवलार्इ हासिल गर्ने प्रणका साथ माता ब्रह्मचारिणिले कडा तपस्या गर्नुभयो। यसका लागि माताले सयाैं वर्षसम्म थोरै मात्र खानेगर्नुभयो अथवा कत्ति पनि खानुभएन, तर उहाँको तपस्या एकदमै विशुद्ध थियो र त्यसमा एकदमै उच्च कोटीको शक्ति थियो जसले तीनै लोकमा ठूलो हलचल मच्चायो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा भगवान शिवलार्इ हासिल गर्ने माता ब्रह्मचारिणिको इच्छा पूरा भयो।

माता ब्रह्मचारिणि अाफ्ना भक्तहरूलार्इ ठूलो भावविशिष्ट शक्ति प्रदान गर्नुहुन्छ जसको परिणामस्वरूप त्यस्ता भक्त कस्तै कठीन परिस्थितिमा पनि अाफ्नो मानसिक सन्तुलन कायम राख्न र अात्मविश्वास बनाइराख्न सक्षम हुन्छन। माता ब्रह्मचारिणिले मानिसलार्इ सर्वमान्य सामजिक अाचरणमा अडिग रहन र कर्तव्यपरायणताका साथ अघि बढ्न प्रेरित गर्नुहुन्छ। माता ब्रह्मचारिणिको अाशिर्वादको परिणामस्वरूप तपार्इ जीवनको मार्गमा अाइपर्ने असंख्य चुनैतिहरूको सामना गर्दै अघि बढ्न सधैं संघर्षरत रहनुहुन्छ। उहाँको अाशिर्वादले मानिसलार्इ स्वार्थीपन, घमण्ड, लोभ र अल्छीपनबाट मुक्ति दिलाउँछ।

माता ब्रह्मचारिणिको दैवी अाशिर्वाद पाउनका लागि       

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा।।

मन्त्रको उच्चारण अर्थात पाठ गर्नुपर्दछ।




Sunday, September 29, 2019

नेपालीहरूकाे महान चाड वडा दशैंकाे पहिलाे दिन अाज घर-घरमा घटस्थापना गरी मनाइंदै


आज आश्विन शुक्ल प्रतिपदा, अर्थात् घटस्थापना। आज नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन घर-घरमा घटस्थापना गरी मनाइंदै छ। अज शक्ति स्वरूपा माता भगवतीका नै स्वरूपमध्ये पहिलो रूवरूप शैल पुत्रीको पूजा अराधना गरिन्छ।
भगवान श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति-प्राप्तिका लागि शक्तिस्वरूप महामाया भगवतीको आह्वान गर्नेहेतु घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा-आराधना गरेको विश्वासमा आज हिन्दु धर्मावलम्बीहरु आ-आफ्नो पूजा कोठा वा दशैं-घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटाको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै छरेर जमरा राखी पंचरत्न चढाई शक्तिरूपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ।  यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरुका हातबाट टीका ग्रहण गर्दा लगाइन्छ।  

दशैँको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमराको प्रयोग गरिन्छ।  

परम्परानुसार घटस्थापनाका उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मीमहासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। नवरात्रिका उपलक्ष्यमा अधिराज्यभरि विहान घर-घरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवतीस्तोत्र पाठ गर्ने गरिन्छ। 

आज घटस्थापनाका लागि शुभ साइत विहान १० बजेर ३५ मिनेटमा जुरेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।    

वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम |
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्‌ || 

तपाईंका सबै अकाङ्क्षाहरू पूर्ण होउन, भौतिक शरिर स्वस्थ रहोस, मनमा सुखको अनुभूति होस, मनमा सञ्तुष्टिले बास गरोस, यस पवित्र धर्तीमा इच्छित शान्तिको दियो निरन्तर बलिरहोस् र तपाईंका हरेक पाइलामा सफलताका पुष्पहरुको अनबरत वृष्टि भैरहोस्! नवदुर्गा भवानीले तपार्इ र तपार्इका परिवारका सबै सदस्यहरूको रक्षा गरुन।
वडा दशैंका उपलक्ष्यमा यही नै कमल लम्सालको हार्दिक मंगलमय शुभकामना!!!



वडादशैंको साइतः घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय (सूचनासहित)


असोज ११, २०७६, रातोपाटी संवाददाताकाठमाडौं 
यस वर्षको घटस्थापना र विजया दशमीको टीकाको शुभ साइत एउटै समय, अर्थात विहान १० बजेर २५ मिनेटमा परेको छ। आइतबार परेको घटस्थापनाको शुभ साइत विहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजया दशमीको टीकाको शुभसाइत पनि सोही समय, १०ः३५ बजे नै परेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। 
समितिले उपलब्ध गराएको सो साइतका अाधारमा गृह मन्त्रालयले समेत सूचना सार्वजनिक गरेको छः

यसैबीच, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय तोकेको छ।